अशोक लेलैण्डले साझा यातायातलाई यूरो–४ मापदण्डका २० थान सहरी बस बेच्यो

Technology Khabar २० असार २०७६, शुक्रबार

अशोक लेलैण्डले साझा यातायातलाई यूरो–४ मापदण्डका २० थान सहरी बस बेच्यो

काठमाडौं ।

काठमाडौं । आइ.एम.ई. ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले वातावरणमैत्री यूरो–४ मापदण्डका २० थान लाइनक्स स्मार्ट सहरी बस साझा यातायात लाई हस्तान्तरण गरि नेपालमा बिक्रि वितरण शुरु गरेको छ ।

धेरै अद्वितीय विशेषताहरु लाइनक्स स्मार्ट बसमा डिजाइन गरिएका छन्, जो आधुनिक टेक्नोलोजिद्घारा डिजाइन र प्रमाणित गरिएको हो, साथै अनिवार्य मापदण्डहरु भन्दा अतिरिक्त सुरक्षा प्रदान गर्दछ । लाइनक्स स्मार्टको विशेषताको रुपमा इन्जिनमा एक समकालीन –४ सिलिण्डर जुन ईजीआर टेक्नोलोजीसंग टर्बो चार्ज गरिएको इन्टरकुलर पाईन्छ । अधिकतम ९०० मिमी फ्लोर उचाइ, १३० एचपी (९५ किलोवाट) सहित ११५ लिटर ईन्धन टैंक क्षमता रहेको छ ।

यो गाडी न केवल अपरेटर र यात्री अनुकूल छ, साथै पैदल यात्रीको सुरक्षा तथा विशेष रुपमा डिजाइन गरिएको कारणले चालक मैत्री रहेको कम्पनीको दाबी छ ।

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेलैण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै ट्रक टिपर उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेलैण्डमा यात्री परिवहनको १८ सिट देखि ८० सिट क्षमताका विभिन्न बसहरु रहेका छन् र बसको बजारमा ठूला पकड रहेको कम्पनीले जनाएको छ ।

नेपालमा उपलब्ध अशोक लेलैण्डका गाडीहरु ट्रक÷टिपर, बस, साना तथा मझौला व्यवसायिक गाडीहरु, डिफेन्स प्रयोजन लगायत अन्य विशेष गाडीहरु रहेका छन् ।

easy care

प्रकाशित: २० असार २०७६, शुक्रबार