नेप्से अनलाइन भुक्तानीका लागि एनसीएचएलसँग आबद्ध

Technology Khabar २० असार २०७६, शुक्रबार

नेप्से अनलाइन भुक्तानीका लागि एनसीएचएलसँग आबद्ध

काठमाडौं ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले अनलाइन शेयर कारेबारका लागि आफ्नो ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ई–पेमेन्ट प्रणालीहरु, NCHL-IPS तथा connectIPS e-Payment systems, पूर्ण रुपमा ईन्टिग्रेट गरेको छ ।

लगानीकर्ताहरुले अब ब्रोकरहरुलाई कारोबारका लागि धितो राख्न वा भुक्तानी रकम ट्रान्स्फर गर्न सक्नेछन् । साथै ब्रोकरहरुले पनि बिक्री प्रकृया वा धितो फिर्ताका लागि भुक्तानी लिन सक्नेछन् ।

लगानीकर्तालाई टिएमएस लगइन (सम्बन्धित ब्रोकरले प्रदान गरेको) तथा कनेक्ट आइपीएस कम्तिमा एउटा बैंक खातासँग लिङ्क भएको आईडी आवश्यक पर्दछ । लगानीकर्ताले टिएमएस खातामा धितोका लागि उपलब्ध कनेक्ट आइपीएस भुक्तानी मार्फत फण्ड लोड गर्न साथै शेयर खरिद पश्चात उनीहरुले ब्रोकरलाई टिएमएसमा उपलब्ध त्यही च्यानल मार्फत प्रत्यक्ष भुक्तानी दिन सक्नेछन् ।

भुक्तानीका लागि कनेक्ट आइपीएस चयन गरेपछि लगानीकर्ताहरु कनेक्ट आइपीएस लगइन पेजमा रिडाइरेक्ट हुनेछन् र आफ्नो आईडी प्रयोग गरि धितो वा ब्रोकरको भुक्तानीका लागि सिधै इच्छा अनुसारको लिङ्क गरिएको बैंक खातावाट फण्ड लोड गर्न सक्नेछन् । त्यस्तै लगानीकर्ताले टिएमएसबाट धितो फिर्ताका लागि गरिएको अनुरोध तथा ब्रोकरले शेयर बिक्री पश्चात गर्नु पर्ने भुक्तानी लिङ्क गरिएको लगानीकर्ताको बैंक खातामा कनेक्ट आइपीएस वा एनसिएचएल–आइपीएस प्रणालीमार्फत सिधैं भुक्तानी गर्न सक्नेछन् ।

नेप्सेले अनलाइन कोरोबार भुक्तानीलाई स्वचालित बनाउन दुवै प्रणालीहरु इन्टिग्रेट भए पश्चात ई–पेमेन्टले पूँजी बजारमा थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ । एनसीएचएलले यस अघि लाभांस भुक्तानी, रिफण्ड, डिम्याट तथा मेरो शेयर शुल्क भुक्तानी तथा ट्रेड भुक्तानी जस्ता कोरोबारहरु गर्दै आएको थियो ।

हाल कनेक्ट आइपीएस ई पेमेन्ट प्रणालीमा ५० भन्दा बढि सदस्यता भैसकेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २० असार २०७६, शुक्रबार

ताजा समाचार