ह्वावेको फोल्डेबल स्मार्टफोन ‘मेट एक्स’ सेप्टेम्बरमा मात्रै उपलब्ध हुने, परीक्षणले गर्दा ढिलाई

Technology Khabar ३२ जेष्ठ २०७६, शनिबार

ह्वावेको फोल्डेबल स्मार्टफोन ‘मेट एक्स’ सेप्टेम्बरमा मात्रै उपलब्ध हुने, परीक्षणले गर्दा ढिलाई

काठमाडौं ।

काठमाडौं । पछिल्ला दिनहरुमा ह्वावेको खराब दिनहरु चलिरहेका छन् । अब भने कम्पनीले आफ्नो सबैभन्दा एडभान्स्ड स्मार्टफोन मेट एक्सको लन्चको मिती सारेको छ ।

कम्पनीले यहि फेव्रुअरीमा मोबाइल वल्र्ड कंग्रेसको समयमा फोल्डेबल स्मार्टफोन ह्वावे मेट एक्स प्रदर्शन गरेको थियो । कम्पनीले यसलाई जून महिनामा लन्च गर्ने भनेपछि अब भने यसको लन्च मिती सरेको हो ।

ह्वावेले आफ्नो मेट एक्सलाई अब सेप्टेम्बरमा मात्र लन्च गर्ने भएको छ ।

ह्वावेका अनुसार कम्पनीले यसलाई निकै सुक्ष्मरुपमा परीक्षण गरिरहेको छ जसल गर्दा उपभोक्ताका लागि सहि डिभाइस दिन सकियोस् ।

यसअघि फोल्डेबल डिभाइस बनाएको अर्को कम्पनी सामसंगको फोल्डेबल फोन ग्यालेक्सी फोल्डको रिभ्यू युनिट्समा नै समस्या आएको थियो ।

सामसंगको समस्या देखेर पनि ह्वावेले आफ्नो डिभाइसलाई कडा परीक्षणपछि मात्र ल्याउने बताएको हो ।

ह्वावेका एक प्रवक्ताले सीएनबीसीलाई बताएअनुसार कम्पनी यस्तो प्रोडक्ट लन्च गर्न चाहँदैन जसले कम्पनीको साखलाई खराब बनाओस् ।

उनले अमेरिकी प्रतिबन्धले ह्वावे मेट एक्सको लन्चलाई कुनै असर नपर्ने स्पष्ट पारे । यसमा उपलब्ध हुने सफ्टवेयर तथा हार्डवेयरमा पनि सो प्रतिबन्धको असर नहुने बताए ।

ह्वावे मेट एक्स फोल्डेबल स्मार्टफोन बजारमा करिब २,६०० अमेरिकी डलरमा आउने अनुमान गरिएको छ ।

स्रोत

easy care

प्रकाशित: ३२ जेष्ठ २०७६, शनिबार