स्मार्टफोनका लागि ६४ मेगापिक्सेलको क्यामरा आउने, सामसंगले बनायो नयाँ सेन्सर

Technology Khabar २७ बैशाख २०७६, शुक्रबार

स्मार्टफोनका लागि ६४ मेगापिक्सेलको क्यामरा आउने, सामसंगले बनायो नयाँ सेन्सर

काठमाडौं ।

काठमाडौं । हाल सार्वजनिक भएका अधिकांश स्मार्टफोनहरुले ४८ मेगापिक्सेल भएको क्यामरा प्रयोग गरिरहेका छन् । स्मार्टफोन मेकरहरुले पछिल्ला दिनमा शक्तिशाली क्यामरा सेन्सरहरु आफ्नो स्मार्टफोनमा प्रयोग गर्न थालेका छन जसलाई सामसंगको सेन्सरले निकै सहयोग गरिरहेको छ ।

कोरियाली टेक कम्पनी सामसंगले अब भने त्यो भन्दा पनि शक्तिशाली अर्थात ६४ मेगापिक्सेलको सेन्सर तयार पारेको छ ।

कम्पनीले मोबाइल फोटोग्राफीलाई उच्चतम बिन्दूमा लान हालै दुई प्रकारका सेन्सरहरुको घोषणा गरेको छ जसमा एउटा ६४ मेगापिक्सेलको छ भने अर्को अपडेट गरिएको नयाँ ४८ मेगापिक्सेलको रहेको छ ।

अहिलेको ४८ मेगापिक्सेलको जस्तै सामसंगको नयाँ ६४ मेगापिक्सेलको सेन्सरमा टेट्रासेल बाइन्डिंग प्रविधि प्रयोग गरिएको छ । यसमा ४ वटा पिक्सेलहरु एउटै पिक्सेलमा मर्ज गरिएको छ जसमा १६ मेगापिक्सेको इमेज रहेको छ । १६ मेगापिक्सलको इमेजले ६४ मेगापिक्सलका लागि लो लाइट इन्भाइरोमेन्ट र रिमोस्याक अल्गोरिदममार्फत उज्यालो तस्विर खिच्न सकिनेछ ।

यो सेन्सरमा अटोफोकस र फूल एचडी भिडियो रेकर्डिंगका लागि उच्च स्तरको फेज डिटेक्सन फीचर राखिएको छ ।

४८ मेगापिक्सेलमा भने अहिलेको सेन्सरमा सामान्य सुधार गरेर ल्याइृएको छ ।

यी दुबै स्मार्टफोनहरु स्याम्पलकोरुपमा रहेका छन भने यो वर्षको अन्त्यतिर उत्पादनमा जाने अपेक्षा गरिएको छ । एजेन्सी

easy care

प्रकाशित: २७ बैशाख २०७६, शुक्रबार