मेगा बैंकको अफर, कार्डमार्फत भुक्तानी गरे १० प्रतिशतसम्म छुट

Technology Khabar १५ बैशाख २०७६, आईतवार

मेगा बैंकको अफर, कार्डमार्फत भुक्तानी गरे १० प्रतिशतसम्म छुट

काठमाडौं ।

काठमाडौँ । मेगा बैंक नेपालले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकहरुलाई विशेष अफर ल्याएको छ ।

सम्पूर्ण आमाहरुको सम्मानमा मेगा बैंकले मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकहरुलाई विशेष अफर ल्याएको हो ।

फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकहरुलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैँया छुटको व्यवस्था गरेको जानकारी दिएको छ ।

यो अफर बैशाख १५ गते आइतबारदेखि मातातीर्थ औंशीका दिन बैशाख २१ गते शनिबारसम्म रहने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: १५ बैशाख २०७६, आईतवार