जल पाइप्स एण्ड फिटिङस नेपालमा सार्वजनिक

Technology Khabar ६ बैशाख २०७६, शुक्रबार

जल पाइप्स एण्ड फिटिङस नेपालमा सार्वजनिक

काठमाडौं ।

काठमाडौं । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ । जल पाइप्स एण्ड फिटिङस अरिहान्त ग्रुपको विजनेश युनिट हो ।

ब्राण्ड नाम र टयागलाइन अनाउन्स गरेर जल पाइप्स एण्ड फिटिङसकी मनिषा कोइराला, अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन, पारस लुनिया र जापानबाट आउनुभएका अतिथिले संयुक्त रुपमा उत्पादन सार्वजनिक गरे ।

जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिन्छ । उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ ।

अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले कम्पनीका अन्य उत्पादन जस्तै ग्राहकहरुले विश्वास गरी जल पाइप्स खरिद गर्ने अपेक्षा रहेको बताए ।

अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ । अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उधोग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट तीमध्ये हुन्।

easy care

प्रकाशित: ६ बैशाख २०७६, शुक्रबार

ताजा समाचार