डिजिटल प्लेटफर्ममा भारतीय चुनावी प्रचार तिब्र, बीजेपीले गर्यो सबैभन्दा धेरै खर्च

Technology Khabar २५ चैत्र २०७५, सोमबार

डिजिटल प्लेटफर्ममा भारतीय चुनावी प्रचार तिब्र, बीजेपीले गर्यो सबैभन्दा धेरै खर्च

काठमाडौं ।

काठमाडौं । भारतमा चुनावी सरगर्मी बढिरहेको बेला राजनीतिक दलहरुले डिजिटल प्लेटफर्ममा गर्ने प्रचार प्रसार तिब्र गरेका छन् । हालै आएका रिपोर्टअनुसार विशेषगरि फेसबुक र गूगलमा आफ्नो चुनावी प्रचार गर्न राजनीतिक दलहरुले निकै खर्च गरिरहेका छन् ।

फेसबुकमा राजनीतिक विज्ञापनहरुको खर्च १० करोड भारुभन्दा बढि भएको छ । यो खर्च यो वर्षको फरवरी र मार्चको बीचको हो । फेसबुक एड लाइब्रेरी रिपोर्टअनुसार यो साल फेब्रुअरी र ३० मार्चको बीचमा ५१ हजार ८१० राजनीतिक विज्ञापनहरुमा १०.३० करोड भारु खर्च गरेको छन् ।

यसमध्ये सबैभन्दा धेरै भारतीय जनता दल(बीजेपी)ले गरेको छ । फेसबुककाअनुसार बीजेपीले रानीति र राष्ट्रिय महत्वको मुद्धाहरुको ११ सय विज्ञापनमा ३६.२ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरि भारतीय कांग्रेसले ४१० वटा विज्ञापनमा ५.९१ लाख भारु खर्च गर्यो । यसैबीच बीजू जनता दलले विज्ञापनको लागि मात्र ८.५६ लाख भारु, तेलुगु देशम पार्टीले १.५८ लाख भारु र राष्ट्रवादी कांग्रेस पार्टीले करिब ५८ हजार भारु खर्च गरेको छ ।

उता गूगल प्लेटफर्ममा पनि विज्ञापन दिनेमा बीजेपी अग्रस्थानमा रहेको देखिएको छ । गूगलमा १९ फेब्रुअरीदेखि ३ अप्रिलसम्म राजनीतिक दलहरुले ३.७ करोड भारु खर्च गर्दै ८३१ वटा चुनावी विज्ञापन दिएको छ । यसमा बीजेपीले ५५४ विज्ञापनमा १.२१ करोड भारु खर्च गरिएको छ ।

गूगल इण्डिया ट्रान्सपेरेन्सी रिपोर्टअनुसार दोस्रो स्थानमा वाईएसआर कांग्रेस पार्टीले १.०७ करोड भारु खर्च गरेको छ । यूट्यूबसहित सबै गूगल प्लेटफर्ममा कांग्रेस पार्टीले भने केवल १४ विज्ञापनहरुमा ५४,१०० भारु खर्च गरेको छ ।

चुनावी विज्ञापनहरुमा सबैभन्दा धेरै खर्च आंध्र प्रदेशमा १.७३ करोड भारु, तेलंगाना राज्यमा ७२ लाख भारु, उत्तर प्रदेशमा करिब १८ लाख भारु र महाराष्ट्रमा करिब १७ लाख भारु खर्च भएको छ ।

गूगलले भारतमा विज्ञापन नीति ल्याउँदै चुनावी विज्ञापन संचालन गर्न भारतको निर्वाचन आयोगद्धारा प्रदान गरिएको पूर्व प्रमाणपत्र उपलब्ध गराउनुपर्ने हुन्छ । एजेन्सी

easy care

प्रकाशित: २५ चैत्र २०७५, सोमबार

ताजा समाचार