लो अर्थ अर्बिट स्याटेलाइट भारतले झार्यो, ‘स्पेस पावर’ देश बनेको दाबी

Technology Khabar १३ चैत्र २०७५, बुधबार

लो अर्थ अर्बिट स्याटेलाइट भारतले झार्यो, ‘स्पेस पावर’ देश बनेको दाबी
प्रतिकात्मक

काठमाडौं ।

काठमाडौं । छिमेकी मुलुक भारतले अन्तरिक्षमा संचालनमा रहेको स्याटेलाइट झार्न सफल भएको दाबी गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्षमा संचालनमा रहेको लाइभ स्याटेलाइटलाई एन्टि स्याटेलाइट मिसाइलद्धारा झार्न सफल भएको बताए । उनले यो भारतीय स्पेस प्रोग्राममा मूख्य ब्रेकथ्रू भएको दाबी गरे ।

मोदीले भारतीयहरुलाई सम्बोधन गर्दै भारत अन्तरिक्षमा यस्तो मिसन संचालन गर्ने चौथो देश भएको बताए । यसअघि अमेरिका, रसिया र चीनसँग मात्र संचालनमा रहेको लाइभ स्याटेलाइट झार्नसक्ने क्षमता रहेको बताईएको छ ।

मोदीकाअनुसार अन्तरिक्षमा ३०० किलोमिटरको दूरीमा लो अर्थ अर्बिट स्याटेलाइटलाई झारेको हो । यसलाई एक पूर्व निर्धारित लक्ष्यअनुसार तीन मिनेट भित्र झारिएको उनले जानकारी दिए ।

भारतको मिशन शक्ति नामक सो मिसनमा एलईओ स्याटेलाइटलाई झारिएको हो । यो मिसनका लागि भारतले लो अर्बिटमा स्याटेलाइट स्थापना गरेको थियो भने त्यसलाई एन्टि स्याटेलाइट मिसाइलद्धारा झारिएको थियो ।

लो अर्थ अर्बिट के हो ?
लो अर्थ अर्बिट भनेको पृथ्वीको सबैभन्दा तल्लो अन्तरिक्ष कक्षलाई भनिन्छ । यो पृग्वीको सबैभन्दा नजिकको अर्बिट हो । यो पृथ्वीको सहतबाट १६० किलोमिटर देखि २ हजार किलोमिटरको बीचमा अवस्थित हुन्छ ।
लो अर्थ अर्बिटपछि मिडियन अर्थ अर्बिट आउँछ भने त्यसपछि जियोसिन्क्रोनस अर्बिट तथा त्यसपछि हाई अर्थ अर्बिट हुन्छ । हाई अर्थ अर्बिट पृथ्वीको सतहबाट ३५ हजार ७८६ किलोमिटरमा अवस्थित हुन्छ ।

यसअघि सन् २००७ मा चीनले पनि ब्लालेस्टिक मिसाईल प्रयोग गरेर आफ्नो पुरानो मौसमको लागि राखिएको स्याटेलाइट ध्वस्त पारेको थियो, जून पृथ्वीको सतहभन्दा ५३५ किलोमिटर माथि अर्बिटमा थियो ।

easy care

प्रकाशित: १३ चैत्र २०७५, बुधबार