ई-कमर्स अमेजनले मोबाइल बिज्ञापन लन्च गर्ने, गूगल र फेसबुकलाई चुनौती

Technology Khabar ८ चैत्र २०७५, शुक्रबार

ई-कमर्स अमेजनले मोबाइल बिज्ञापन लन्च गर्ने, गूगल र फेसबुकलाई चुनौती

काठमाडौं ।

काठमाडौं । अमेजन डटकम इन्क डिजिटल विज्ञापनको क्षेत्रमा अगाडि बढ्ने भएको छ । ई–कमर्स कम्पनीले छिट्टै नै मोबाइल एडभरटाइजिङ्ग सर्भिस सार्वजनिक गर्ने भएको छ।

हाल डिजिटल विज्ञापन बजारमा गूगल र फेसबुकको बर्चश्व रहँदै आएको छ जसमा १२९ अर्ब डलरको बजार छ । कम्पनीले आफ्नो स्मार्टफोन शपिंग एपको माध्यमबाट विज्ञापनदाताहरुलाई भिडियो विज्ञापन समय बिक्री गर्ने योजनामा काम गरिरहेको छ।

कम्पनीले निकै अघिदेखि एप्पलको आईओएस प्लेटफर्ममा बीटा टेस्ट गरिसकेको छ । गूगलको एन्ड्रोयड प्लेटफर्मका लागि पनि यस्तै उत्पादन योजनामा काम भइरहेको गरिरहेको बताईएको छ ।

अमेजनले यो सेवा शुरुवात गरेमा गूगल र फेसबुकका लागि प्रमुख चुनौती बन्न सक्नेछ। १२९अर्ब डलरको डिजिटल एडभरटाइजिङ ग्लोबल मार्केटमा यी दुबै कम्पनीले मात्र काम गरिरहेका छन्।

डिजिटल एडभरटाइजिङ्गमा प्रवेश गरेसँगै अमेजनलाई फाइदा हुने अपेक्षा गरिएको छ। फेसबुक र यूट्यूबको सट्टा शपिङ्ग एप र भिडियो हेरेर ग्राहकहरुमा कुनै पनि उत्पादन किन्नका लागि धेरै प्रभाव पर्नसक्ने बताइएको छ ।अधिक भिडियो विज्ञापन बिक्रीले अमेजनको डिजिटल विज्ञापन डिपार्टमेन्टको लागि नयाँ आम्दानीको स्रोत हुने रिपोर्टमा उल्लेख छ ।

डिजिटल एडभरटाइजिङ मार्केटमा अमेजन तीव्र गतिमा अगाडि बढिरहेको छ । अमेरिकमा सम्पूर्ण अनलाइन बिक्रीमा अमेजनको बजार हिस्सा ५० प्रतिशतभन्दा बढि रहेको छ । ई–मार्केटरका अनुसार अमेजनको डिजिटल एडभरटाइजिङ मार्केट शेयर यस वर्ष बढेर ८.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

स्रोत

easy care

प्रकाशित: ८ चैत्र २०७५, शुक्रबार

ताजा समाचार