रियलमी २प्रो ईकमर्श दराजमा उपलब्ध, ८ जीबी र्याम भएको फोन ३२ हजार रुपैयाँमा

Technology Khabar ५ चैत्र २०७५, मंगलवार

रियलमी २प्रो ईकमर्श दराजमा उपलब्ध, ८ जीबी र्याम भएको फोन ३२ हजार रुपैयाँमा

काठमाडौं ।

काठमाडौं । चिनियाँ मोबाइल ब्राण्ड रियलमी २ प्रो (realme 2Pro) अनलाइन ईकमर्श साइट दराज डटकममा एक्सक्लुसिभ उपलब्ध भएको छ । दराजले रियलमी २ प्रोको १२८ जीबी स्टोरेज भेरिएन्ट दराजमा विशेष मूल्यमा उपलब्ध गराएको जानकारी दिएको छ ।

दराजले रियलमी प्रो ८ जीबी र्याम १२८ जीबी स्टोरेजको मूल्य ३१ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध गराएको हो ।

रियलमी नेपालमा हालै लन्च भएको मोडल हो जसले रियलमी २ प्रो र रियलमी सी१ लन्च गरेको छ ।

रियलमी २ प्रो मा स्न्यापड्रागन ६६० चीपसेटका साथमा एड्रेनो ५१२ जीपीयू राखिएको छ । फोनमा पावर ब्याकअपकालागि ३,५०० एमएएचको ब्याट्री राखिएको छ ।

फोनमा ६.३ इन्चको फूलएचडी प्लस डिस्प्ले छ भने स्क्रीनलाई गोरिल्ला ग्लासद्धारा सुरक्षित पारिएको छ ।

वाटर ड्रप नोच डिजाइनमा आएको सो स्मार्टफोनमा फोटोको लागि १६ प्लस २ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि १६ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।

एन्ड्रोयड ८.१ मा आधारित कलर ओएस ५.२ अपरेटिंग सिस्टमामा संचालन हुने डिभाइसमा ब्लूटूथ ५.०, ड्यूल फोरजी भीओएलटिई, टाइप सी पोर्ट,लगायतका फीचर रहेको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: ५ चैत्र २०७५, मंगलवार

ताजा समाचार