ओयो होटल्स् एण्ड होम्सको बजार वार्षिक ४.३ गुणाले वृद्धि

Technology Khabar १९ फाल्गुन २०७५, आईतवार

ओयो होटल्स् एण्ड होम्सको बजार वार्षिक ४.३ गुणाले वृद्धि

काठमाडौं ।

काठमाडौं । लिज्ड् तथा फ्रेन्चाइज्ड होटल, ओयो होटल्स् एण्ड होम्स्ले डिसेम्बर २०१८ सम्मको आर्थिक गतिविधि सार्वजनिक गरेको छ ।

विश्वव्यापीरुपमा सन् २०१८ को अन्त्यसम्म ४ लाख ५८ हजार कोठाहरु जोडिसकेको साथै वास्तविक मूल्य रन–रेट १.८ बिलियन अमेरिकी डलर रहेको ओयो विश्वकै ठूलो होटल श्रृखंला हुने भएको छ । ओयोले ३ ठूला श्रृखंला होटलको तुलनामा बढि कोठाहरु जोडिसकेको छ । विश्वव्यापी रुपमा

ओयोको सेवा वार्षिक ४.३ गुणाले वृद्धि भइरहेको छ । ओयोको विश्वभर बसोबास भएका कोठाहरुलाई आधार मान्दा सन् २०१६, डिसेम्बरमा ६० लाखबाट वृद्धि भएर सन् २०१७, डिसेम्बरसम्ममा १ करोड ३० लाख पुगेको थियो भने सन् २०१८ को डिसेम्बरमा अत्याधिक मात्राले बढेर ७ करोड ५० लाख पुगेको छ । ओयोको वार्षिक उन्नती ५.७ गुणाले बढिरहेको जनाएको छ ।

आधारभुत व्यापारिक नीतिद्वारा कोठाहरुको आपूर्तिमा आएको वृद्धि, होटलका कोठाहरुको बसोबासमा ५.७ गुणाले वृद्धि तथा समानरुपले आय दस्तुरमा भएको वृद्धिले राजस्व पनि वृद्धि भएको छ । ओयोसँग साझेदारी गरेर एकल होटलहरुको गुणस्तर साथै ग्राहकहरुको संख्या औसत २५ प्रतिशतबाट ६५ प्रतिशतसम्म वृद्धि भएको छ्, जसले सम्पत्ति मालिकहरुको निर्वाहिक सम्पत्तिको उपज बढाइरहेको दाबी गरिएकोछ ।

‘हाम्रो लागि २०१८ निकै उत्कृष्ट वर्ष रहयो । विश्वव्यापीरुपमा ओयोका ४ लाख ५८ हजार कोठाहरु पुगेका छन् । जसको वास्तविक मूल्य रन–रेट १.८ विलियन अमेरिकी डलर रहेको छ र डिसेम्बरको अन्त्यसम्म वार्षिक ४.३ गुणाले वृद्धि भइरहेको छ,’ ओयोका होटल्स् एण्ड होम्स्का लागि प्रमुख वित्तीय अधिकृत अभिषेक गुप्ताले भने ।

ओयोले १० वटा देशमा सेवा दिईरहेको र प्रत्येक बजार तीव्र रुपले वृद्धि भइरहेको जानकारी उनले दिए ।

सन् २०१७ को मे महिनामा शुरुवात भएदेखि ओयोले नेपालमा निरन्तर वृद्धि गरिरहेको छ । ओयो होटल्स् एण्ड होम्स्ले देशभरि आफ्नो छाप छोड्दै १५० फ्रेन्चाइज्ड र पूर्ण व्यवस्थित ओयो ब्राण्डका होटलहरु र २५०० भन्दा बढि होटल कोठाहरु संञ्चालनमा ल्याइसकेको जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १९ फाल्गुन २०७५, आईतवार

ताजा समाचार