नबिल बैंकको एनएफसीमा आधारित कार्ड तथा पिओएस, भुक्तानीका लागि ट्याप गरे पुग्ने

Technology Khabar १९ फाल्गुन २०७५, आईतवार

नबिल बैंकको एनएफसीमा आधारित कार्ड तथा पिओएस, भुक्तानीका लागि  ट्याप गरे पुग्ने

काठमाडौं ।

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरूका लागी नियरफिल्ड कम्यूनिकेसन एनएफसी/NFC (Near Field Communication) मा आधारित भुक्तानी, सम्पर्करहित कार्डको शुरुवात गरेको छ ।

देशमै पहिलो पटक नबिलका कार्ड तथा पोसमार्फत सम्पर्करहित भुक्तानी प्रस्तुत गरेको बैंकले दाबी गरेको छ ।

‘यो सेवा नबिल बैंकका लागि मात्र नभएर, देशकै भुक्तानी प्रणालीका लागि एउटा कोशेढुंगा साबित हुनेछ । Contactless(NFC) भनेको “Tap and Pay”, अर्थात भुक्तानीको अत्यन्त सहज तरिका, किनकि ग्राहकहरूले Contactless प्रविधि भएका पोस मेसिनहरूमा कार्ड ट्याप मात्र गरी यो सेवाको प्रयोग गर्न सक्नुहुनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

कसरी गर्दछ काम ?

जब एउटा एनएफसी उपकरण अर्को एनएफसी उपकरणको निकै नजिक हुन्छ, कनेक्सन (सम्बन्ध) स्थापित गर्न सकिन्छ र तथ्यांकहरू आदानप्रदान गर्न सकिन्छ । जस्तै, जब कुनै ग्राहकले सम्पर्करहित कार्ड रिडरमा कार्डलाई “ट्याप” गर्नुहुन्छ, उक्त कार्डले रिडरलाई एनएफसी प्रविधिको प्रयोग गरेर, कारोबार प्रारम्भ र पूरा गर्न सम्बन्धित तथ्यांकहरूको सञ्चार गर्दछ ।

‘हामीले इभीएममा आधारित कार्ड तथा पोसको शूरुवात गरेपछि, यसले प्रभावकारी रुपमा जालसाजी न्यूनीकरण गर्नुका साथै नवीनता तथा अभिवृद्धिलाई प्रभावकारी तवरले उल्लेख्य फाइदा पुर्याएको छ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “सम्पर्करहित प्रविधिले सम्भव भएसम्म उपभोक्ताका लागि भुक्तानी गर्ने उत्कृष्ट अनुभव सम्भव पार्दछ र नगद कारोबारलाई प्रतिस्थापन गरेर कार्डको प्रयोग वृद्धि गर्ने अवसर प्रदान गर्दछ ।’

नबिल बैंक, नेपालमा भिसा इन्टरनेशनल, मास्टरकार्ड इन्टरनेशनल र युनियनपे इन्टरनेशनलको एक मुख्य अग्रणी सदस्य रहेको छ र डेबिट, प्रिपेड तथा क्रेडिट कार्डहरू जारी गर्दछ र आफ्ना एटिएम, पोस, ईकमर्शमार्फत कार्ड सम्बन्धी कारोबारहरू गर्ने जनाएको छ ।

easy care

प्रकाशित: १९ फाल्गुन २०७५, आईतवार

ताजा समाचार