Technology Khabar ४ फाल्गुन २०७५, शनिबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी भीभोले केहि दिनअघि मात्र नयाँ सब ब्राण्ड आईक्यू को घोषणा गरेको थियो । तर कम्पनीको नाम नै सहिरुपमा उच्चारण गर्न कठिन भईरहेपनि नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ ।
चिनियाँ स्मार्टफोन कम्पनीको रुपमा नयाँ फोल्डेबल स्मार्टफोन ल्याउने तयारी गरेको छ । चिनियाँ सोसियल नेटवर्क वेबोमा आएका तस्विरहरुअनुसार कम्पनीले छिटै नयाँ फोल्ड गर्न सकिने स्मार्टफोन ल्याउँदैछ ।
सो फोनको रेन्डर ईमेज सार्वजनिक भएको छ । जहाँ ठूलो फोन ट्याबलेटको रुपमा परिवर्तन हुन्छ । अधिकांश उत्पादकले भित्रपट्टि फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउने तयारी गरेको बेला यो स्मार्टफोन भने फोड आउट अर्थात बाहिरी भाग फोल्ड हुने किसिमको छ ।
यसबारेमा थप अन्य जानकारीहरु छैनन् । तर बाहिर आएका जानकारीहरुअनुसार सो फोल्डेबल स्मार्टफोनको मूल्य भने करिब ७,००० चिनियाँ युआन अर्थात १,००० डलर माथि हुने अनुमान छ ।
यो फोनको डिजाइन एज टू एज हुनसक्नेछ ।
प्रकाशित: ४ फाल्गुन २०७५, शनिबार