रोबोटहरु बिचको फाइट हेर्ने हो ? त्यसोभए यन्त्र ७.० हेर्न जानुस्

Technology Khabar २७ माघ २०७५, आईतवार

रोबोटहरु बिचको फाइट हेर्ने हो ? त्यसोभए यन्त्र ७.० हेर्न जानुस्

काठमाडौं ।

काठमाडौं । रोबोटिक्स एसोसिएसन अफ नेपालले विज्ञान , प्रविधि तथा उद्यमशीलताको महोत्सव यन्त्र ७.०  आयोजना गर्ने भएको छ ।

यस  यन्त्र कार्यक्रम अन्तर्गत अन्तर्रास्ट्रिय  रोबोटिक्स प्रतियोगिता , रोबो बिजनेस कप,  यन्त्र लर्निंङ्ग [ मेसिन लर्निंङ्ग प्रतियोगिता ], यन्त्र किड्स, मिनी यन्त्र [ पोखरामा पश्चिमान्चल रोबोटिक्स प्रतियोगिता र धनगडीमा सुदूरपश्चिममाञ्चल रोबोटिक्स प्रतियोगिता ]  र यन्त्र इन्कुवेसन [ ३ महिने प्रोडक्ट इन्कुवेसन र ३ महिने बिजनेस इन्कुवेसन] यहि  माघ २८ गते देखि हुने भएको हो ।

रसियन विज्ञान तथा कला केन्द्रमा आयोजना हुने सो कार्यक्रममा नेपालमा अन्तरिक्ष विकास सम्बन्धि भइरहेको कार्यहरुलाई सबै रोबोटिक्समा काम गरिराखेको समुदायमाझ पुर्याउन ‘यन्त्र स्पेस पार्टी’ कार्यक्रम पनि सञ्चालन हुनेछ । जसमा रोबोटिक्सले अन्तरिक्ष विकासमा नेपालको पहुँच पुर्याउन अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

अन्तर्रास्ट्रिय  रोबोटिक्स प्रतियोगिता :

अन्तरास्ट्रिय  रोबोटिक्स प्रतियोगिता अन्तर्गत यन्त्र म्यानुअल अखडा [ रोबोवार ], यन्त्र अटोमेटिक अखडा [ए.आई. रोबोवार] र  यन्त्र  राष्ट्रिय लिग [ रोबोट फूटबल ] गरी ४  विधा रहेको यस अन्तर्राष्ट्रियस्तर  प्रतियोगितामा  नेपाल , भारत र  भुटानको टिम गरि ६० ओटा इन्जिनियरिङ्ग र उच्च माध्यमिक  बिद्यालयका विद्यार्थी समूहको उत्साहजनक सहभागिता हुनेछ ।

यन्त्र मनुअल अखडामा [ रोबोवार ] मा नेपालको १४ ओटा इन्जिनियरिङ्ग कलेजका टिम , भारतको सात ओटा टिम तथा भुटानको एउटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।  म्यानुअल अखडामा एउटा रोबोटले अर्को रोबोटलाई जसले धेरै चोट पुर्याउनेछ, आक्रमण गर्नेछ उसैले प्रतिस्पर्धा जित्नेछ ।

यन्त्र अटोमेटिक अखडामा [ए.आइ. रोबोवार ] मा नेपालको १२ ओटा इन्जिनियरिङ्ग कलेजका टिम ले प्रतिस्पर्धा गर्दै छन् । अटोमेटिक अखडामा जितको लागि एउटा रोबोटले अर्को रोबोटलाई स्वचालित रुपमा पहिचान गरि प्रतियोगिताको एरेनाबाट खसाल्नु पर्नेछ । अर्को रोबोट पहिचानको निम्ति प्रतियोगिहरूले क्यामेरा र केहि सेन्सरको प्रयोग गरेर इमेज प्रोसेसिङ्ग, मेसिन लर्निङ्ग, आर्टिफिसियल इन्टेलिजेन्स आदि प्रविधिको प्रयोग गर्नेछन् ।

रोबोबिजनेस कप:

रोबोबिजनेस रोबोटिक्स बिज्ञान र प्रबिधिमा आधारित उद्यमशिलता प्रवर्धन गर्नको लागि आयोजना गरिएको हो । उद्यमशीलता विकास गर्न र रतो प्रबिधिको विकास गर्न २ दिने मेन्टरशीप कार्यक्रम आयोजना गरिएको छ ।   मेन्टरसिप कार्यक्रममा इन्टेलेक्चुअल प्रोपर्टी ब्यबस्थापन, प्रोटोटाइप टु प्रोडक्ट, थ्री. डी प्रिन्टिंग र सिस्टम डिजाईनसम्बन्धि प्रोडक्ट विकासको १ दिने कार्यक्रम तथा आइडिया टु रियालिटी, दिगो विकास लक्ष्यको महत्व, बिजनेस मोडल क्यानभास विकास र बिजनेस आइडिया प्रस्तुति सम्बन्धि दोश्रो दिन मेन्टरशीप दिईएको थियो ।

१२ ओटा इन्जीनियरिंग कलेजको १४ ओटा टिम प्रतिस्पर्धा गरिरहेको यस प्रतियोगिता फाल्गुनको ९ गते यन्त्रको समापन हुने दिन संचालन गरिनेछ जसमा २ बिजय टिमले २ लाख प्राइज पाउनेछन् जुन उनीहरुको प्रोडक्ट विकासको निम्ति सिड मनीको रुपमा प्रयोग हुनेछ र साथै ३ महिने प्रोडक्ट इन्कुबेसन तथा ३ महिने बिजनेस इन्कुबेसन पनि प्रदान गरिनेछ ।

यन्त्र लर्निङ्ग :

यन्त्र लर्निङ्ग एक मसिन लर्निङ्ग प्रतियोगिता हो जसमा मेसिन लर्निङ्गको प्रयोग गरि कृषि तथा मेडिकलमा रहेको समस्याहरुलाई समाधान गर्न आयोजना गरिएको हो । यस प्रतियोगितामा सहभागीहरुलाई २ दिने ह्याकाथन आयोजना गरिएको थियो । २ दिने ह्याकाथनमा प्रतियोगिहरुलाइ वर्कसप र विज्ञ द्वारा मेन्टरसिप प्रदान गरिएको थियो जहाँ प्रतियोगिहरुले आ-आफ्ना समाधान पनि समानान्तर रुपमा बनाइरहने वातावरण थियो ।

मिनी यन्त्र :

रोबोटिक्स एसोसिएसनको शाखा अफिस पोखरा, बिराटनगर तथा धनगढीमा रहेको छ । र्यान पुर्ब, पश्चिम र सुदूरपश्चिम नाममा चलिराखेको शाखाहरुले विभिन्न कार्यक्रमहरु संचालन गरि रोबोटिक्समा आधारित बिज्ञान तथा प्रबिधिको विकास तथा प्रबर्धन गर्दै आएको छन् । र्यान पश्चिमले मंग्सिर महिनामा नै रोबोटिक्स प्रतियोगिता पोखरामा संचालन गरिसकेको छ । र्यान  सुदूरपश्चिमले यहि माघ २२मा नै सुदूरपश्चिममा रोबोटिक्स प्रतियोगिता संचालन गरेको छ । रोबोटिक्स प्रतियोगितामा द्रोण रेसिंग, रोबोट फाइट, रोबो रेस, रोबो फुटबल कार्यक्रम संचालन गरेको थियो ।

यन्त्र किड्स :

रोबोटिक्समा स्कुल बिद्यार्थीहरुको  रुची बढाउन र भोलिको प्रबिधिसंग आत्मसात गर्न यन्त्र किड्स आयोजना गर्न लागिएको हो | यन्त्र किड्स आन्तर्गत कक्षा ४ देखि १० सम्मका बिद्यार्थीलाई रोबोट कसरी बनाउने भनेर डिजाइन थिन्किंग कार्यक्रम  फाल्गुनको ३ गते संचालन गरिनेछ र फाल्गुन ७ गते उनीहरुबिच रोबोट फाइट गरि  प्रतिस्पर्धा गरिनेछ | प्रतिस्पर्धाको बिजेतालाई २० हजार रुपैंया प्रदान गरिने आयोजकले जनाएको छ ।

easy care

प्रकाशित: २७ माघ २०७५, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार