कञ्चन स्काई डिजिटल वायरलेस टिभीको सेवा काठमाडौंमा, ३० वटा च्यानल निशुल्क

Technology Khabar २० माघ २०७५, आईतवार

कञ्चन स्काई डिजिटल वायरलेस टिभीको सेवा काठमाडौंमा, ३० वटा च्यानल निशुल्क

काठमाडौं ।

काठमाडौं । विना तार टिभी हेर्न सकिने वायरेस प्रविधियुक्त कञ्चन स्काई डिजिटल वायरलेस टेलिभिजनले काठमाडौंमा सेवा बिस्तार गरेको छ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरि सो टेलिभिजन सेवाको बारेमा जानकारी दिएको हो।

कञ्चन स्काई टेलिभिजनले मल्टी च्यानल मल्टी पोइन्ट डिस्ट्रिव्युसन सिस्टम (एमएमडीएस) प्रविधिमा आधारित रहेर टेलिभिजन सञ्चालनमा ल्याएको जानकारी दियो ।

नेपालजस्तो भौगोलिक विविधता रहेको देशमा एक ठाउँबाट अर्को ठाउँसम्म तारसहितको टेलिभिजन लैजान कठिन भएको र त्यसले धेरै क्षेत्रलाई समेटन गाह्रो हुने भएका कारण वायरलेस प्रविधियुक्त टेलिभिजन सञ्चालनमा ल्याईएको कम्पनीले जानकारी दियो।

सो कम्पनीले नेपाली टेलिभिजनहरु र स्थानीय टेलिभिजन गरी ३० वटा निशुल्क च्यानल र अन्य १३० गरी कुल १६० च्यानलसहितको टेलिभिजन सेवा न्यूनतम शुल्कमा उपलब्ध गराउने जनाएको छ।
यसअघि कञ्चन स्काई डिजिटल वायरलेस टेलिभिजनले पश्चिम नेपालको महाकालीमा आफ्नो सेवा दिँदै आएको छ ।

कम्पनीले न्यूनतम शुल्क २०० रुपैयाँदेखि माथि आवश्यकताअनुसार सेवा दिने जनाएको छ ।

easy care

प्रकाशित: २० माघ २०७५, आईतवार