साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धान विषयक एक दिने कन्फ्रेन्स आयोजना

Technology Khabar २० माघ २०७५, आईतवार

साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धान विषयक एक दिने कन्फ्रेन्स आयोजना

काठमाडौं ।

काठमाडौं । साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभसन नेपाल (सिएसआइआर)ले साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धानका के कस्ता अवसरहरु रहेका छन् भन्ने विषयमा एक दिने कन्फ्रेन्स आयोजना गरेको छ।

सिएसआइआरको आयोजनामा काठमाडौंको टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा भएको सो सेमिनारमा साइबर सेक्युरिटी र आइटी विषयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विषय विज्ञहरुले सहजीकरण गरेका थिए।

कार्यक्रममा बोल्दै प्रा.डा. सुवर्ण शाक्यले वर्तमान साइबर सुरक्षाको व्यवस्थापन र यो क्षेत्रको विस्तार एवं प्रवद्र्धन गर्न राष्ट्रिय तहको साइबर सेक्युरिटी पोलिसी आवश्यक रहेकोमा जोड दिए।

उनले सूचना प्रविधिको विकाससँगै सूचना सुरक्षाको जोखिम पनि बढिरहेको बताए । ‘प्रविधिको सदुपयोग मात्रै होइन, दुरुपयोगका घटना पनि दिनप्रतिदिन भइरहेका छन् । यसलाई रोक्न नीतिगत ढंगबाटै पहल हुनुपर्छ,’ प्रा.डा. शाक्यले भने।

अहिले सफ्टवेयर सेवाको रुपमा विकसित भइरहेको धारणा राख्दै क्वालिटी सफ्टवेयर डेभलपमेन्टमा जोड दिन सके जोखिम न्यूनिकरणमा सहयोग पुग्नेसमेत बताए।

कन्फ्रेन्समा नेपाल प्रहरीका एसएसपी नवीन्द्र अर्यालले साइबर सेक्युरिटीमा अवसर, सनराइज बैंककी सिनियर आइटी अफिसर दिव्य तारा शाक्यले बैंकिङ क्षेत्रमा साइबर सेक्युरिटी, स्मार्ट सिटी विज्ञ हेमन्त बरालले स्मार्ट सिटी र आइसिटीको भूमिका तथा बिमा समितका सहायक निर्देशक राजेन्द्र महर्जनले अनसुन्धानपद्धति विषयमा सहभागीहरुलाई जानकारी दिएका थिए ।

easy care

प्रकाशित: २० माघ २०७५, आईतवार