भीभो भी१५ प्रो स्मार्टफोन आउँदै, ३२ मेगापिक्सेलको पप-अप सेल्फी क्यामरा

Technology Khabar २० माघ २०७५, आईतवार

भीभो भी१५ प्रो स्मार्टफोन आउँदै, ३२ मेगापिक्सेलको पप-अप सेल्फी क्यामरा

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भीभो आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा छ । कम्पनीले यहि फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भीभो भी १५ र भीभो भी १५ प्रो नामक स्मार्टफोन ल्याउँदैछ ।

हालै भीभोले आफ्नो नयाँ स्मार्टफोनको टिजर सार्वजनिक गरेको छ । जसमा पपअप सेल्फी क्यामरा राखिएको देखाईएको छ । यस्तो डिजाइनमा भीभोले यसअघि भीभो नेक्स स्मार्टफोन ल्याएको थियो । सोहि थीमलाई भी १५ सिरिजमा पनि कायम राखिएको छ ।

यो स्मार्टफोनमा सूपर एमोलेड डिस्प्ले राखिनेछ भने फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ ।

यसबाहेक भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने फोटोग्राफीका लागि ४८ प्लस ८ प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा सेट हुनेछ । भीभाले पहिलो पटक ट्रिपल क्यामरा सेट भएको स्मार्टफोन ल्याउन लागेको हो । यो स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको सेन्सर प्रयोग गरिएको छ ।

फोनमा कम्तिमा ६ जीबीको र्याम र १२८ जीबीको आन्तरिक स्टोरेज हुनेछ ।

सो स्मार्टफोन भारतमा फेब्रुअरी २० मा लन्च हुनेछ जसको प्रि-अर्डर ५ दिन अगाडि शुरु हुने बताईएको छ ।

भीभो भी १५ प्रो स्मार्टफोनको भारतीय बजार मूल्य भारु २५ हजारको हाराहारीमा हुने अनुमान छ ।

नेपाली बजारमा भीभो भी १५ प्रो मात्र उपलब्ध हुनेछ, जून मार्चको पहिलो साता सार्वजनिक हुने अनुमान गरिएको छ । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ५० हजार रुपैयाँ माथि हुने अनुमान गरिएको छ ।

easy care

प्रकाशित: २० माघ २०७५, आईतवार