यस्तो छ सामसंगको ग्यालेक्सी एस १० सिरिज, सस्तो मोडल पनि आउँदै

Technology Khabar ८ माघ २०७५, मंगलवार

यस्तो छ सामसंगको ग्यालेक्सी एस १० सिरिज, सस्तो मोडल पनि आउँदै

काठमाडौं ।

काठमाडौं । सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ल्याउने घोषणा गरेसँग कति वटा र कस्तो डिजाइनको फोन आउँछ भन्ने निकै चर्चामा रहेकोछ । सामसंगको ग्यालेक्सी एस १०(Galaxy S10) सिरिजमा कतिवटा फोनहरु सार्वजनिक हुन्छन भन्ने सबैको चासोमा छ ।

हालै सामसंगले एस १० सिरिजमा तीनवटा नयाँ मोडल लन्च गर्ने रिपोर्ट बाहिर आएका छन् । कम्पनीले ग्यालेक्सी एस १०(S10) ग्यालेक्सी एस १० प्लस (S10+) र अर्को नयाँ मोडल ग्यालेक्सी एस १० ई (S10E)सार्वजनिक गर्ने तयारी गरेको हो ।

सामसंगको नयाँ डिभाइसहरुको लीक्ड ईमेज हालै ट्वीटरमा इभान ब्लासले सार्वजनिक गरेका छन् ।

सो तस्विरअनुसार कुनैपनि नयाँ मोडलमा कुनैपनि नोच डिजाइन राखिएको छैन् ।तर यसअघि आएको रिपोर्टजस्तै एस १० सिरिजमा सेल्फी क्यामराको लागि होल पंच (Hole punch) फीचर राखिएको छ ।

नयाँ डिभाइसमा नोट ९ मा राखिए जस्तो पछाडि भएको फिंगरप्रिन्ट सेन्सर पनि हटाईएको छ । अर्थात यस पटक सामसगले फिंगरप्रिन्ट सेन्सरलाई स्मार्टफोनको डिस्प्ले मुनी राख्न सफल भएको छ ।

सामसंगले प्रत्येक वर्ष फ्ल्यागशिप स्मार्टफोन दुई मोडलमा ल्याउँछ, यो वर्षपनि कम्पनीले ग्यालेक्सी एस १० र एस १० प्लस सार्वजनिक गर्ने छ । यसका साथै यो वर्ष कम्पनीको १० औं वार्षिकोत्सव भएको हुँदा कम्पनीले नयाँ मोडल पनि ल्याउने छ, जसलाई एस १० ई नामले चिनिनेछ ।

एस १० ई मोडल सस्तो फोनको रुपमा आउने संभावना रहेको छ, जसमा केबल ड्यूल क्यामरा हुनेछ भने संभवत एलसिडी डिस्प्ले हुनेछ ।

सामसंगले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस १० यहि फेब्रुअरी २० तारिखमा सान फ्रान्सिस्कोमा औपचारिकरुपमा सार्वजनिक गर्दैछ ।

easy care

प्रकाशित: ८ माघ २०७५, मंगलवार