भायनेटको ‘गो फर स्पिड, गो फर भायनेट’ योजना, १७सय २० रुपैयाँमा ६० एमबिपिएस इन्टरनेट

Technology Khabar १७ पुष २०७५, मंगलवार

भायनेटको ‘गो फर स्पिड, गो फर भायनेट’ योजना, १७सय २० रुपैयाँमा ६० एमबिपिएस इन्टरनेट

काठमाडौं ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन्स्ले ‘गो फर स्पिड, गो फर भायनेट’ योजना सार्वजनिक गरेको छ । फाईबर टु द होम (एफटिटिएच) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेटले सो योजना सार्वजनिक गरेको हो ।

भायनेटले इन्टनेटको स्पिड बृद्धि गर्ने क्रममा २० एमबिपिएसलाई बढाएर ३० एमबिपिएस बनाएको छ भने ३० एमबिपिएसलाई बढाएर ४० एमबिपिएस बनाएको छ । वार्षिक ग्राहकहरुले ३० एमबिपिएस इन्टरनेटको लागि प्रति महिना १२ सय रुपैयाँ, ४० एमबिपिएस इन्टरनेटको लागि प्रति महिना १४ सय रुपैयाँ र ६० एमबिपिएस इन्टरनेटको लागि प्रति महिना १७ सय २० रुपैयाँ तिर्नुपर्ने भायनेटले जानकारी दिएको छ ।

साथै ग्राहकहरुले ५५ एचडी र १३५ ओटा एचडी च्यानलहरु रहेको नेट टिभी समेत निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । योजना अन्तरर्गत भायनेटले ग्राहकहरुलाई ३ महिना र ६ महिनाको लागि समेत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने दाबी गरेको छ।

सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गरेको जनाएको छ ।

easy care

प्रकाशित: १७ पुष २०७५, मंगलवार