शाओमीले एप्पलको एयरपड जस्तै देखिने वायरलेस ईयरफोन ल्याउँदै

Technology Khabar ११ मंसिर २०७५, मंगलवार

शाओमीले एप्पलको एयरपड जस्तै देखिने वायरलेस ईयरफोन ल्याउँदै

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले एप्पलको एयरपड जस्तै वायरलेस ईयरफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले ल्याउने सो ईयरफोनको नाम ईयरडट्स हुनसक्नेछ । यो ईयरफोनलाई पहिले एफसिसिमा लिस्ट गरिसकेको छ ।

शाओमीको नयाँ ईयरफोनलाई ट्रू वायरलेस ईयरफोन्स पनि भनिनेछ । शाओमीले यसको डिजाइन एप्पलबाट नक्कल गरेको हो भने यसका साथमा कम्पनीले यूएसबी टाइप सी कनेक्टर चार्जिंग पनि लन्च गर्न सक्नेछ ।

कम्पनीले नयाँ ईयरफोन कहिले बजारमा ल्याउँछ र त्यसको कति मूल्य पर्छ भन्ने जानकारी छैन् ।

easy care

प्रकाशित: ११ मंसिर २०७५, मंगलवार