ड्रोनबाट शपिंगको सामान उपभोक्ताको घरसम्म ‘होम डेलिभरी’ हुने, गूगलले अष्ट्रेलियामा सेवा शुरु गर्दै

Technology Khabar २ मंसिर २०७५, आईतवार

ड्रोनबाट शपिंगको सामान उपभोक्ताको घरसम्म ‘होम डेलिभरी’ हुने, गूगलले अष्ट्रेलियामा सेवा शुरु गर्दै

काठमाडौं ।

काठमाडौं । ड्रोनद्धारा शपिंगको सामान होम डेलिभरी गर्ने चर्चा र त्यसको परिक्षण विभिन्न कम्पनीहरुले गरिरहेको समाचारहरु आईरहेका छन् । अब भने ड्रोनबाट व्यवसायीक रुपबाट यो सर्भिस शुरु हुने भएको छ ।

अष्ट्रेलिया ड्रोनमा आधारित होम डेलिभरीको व्यवसायीक सेवा शुरु गर्ने पहिलो देश हुने भएको छ । अब अष्ट्रेलियामा गूगलको पेरेन्ट कम्पनी अल्फबेटको एक फर्म बिंगले ड्रोनमा आधारित होम डेलिभरी सेवा शुरु गर्न लागेको छ ।

न्यूज एजेन्सी सिन्हुवाकाअनुसार सन् २०१९ देखि अष्ट्रेलियाको राजधानी क्यानबेराको आसपासको क्षेत्रहरुमा ड्रोनको माध्यमबाट होम डेलिभरी शुरु हुनेछ ।

रिपोर्टकाअनुसार अष्ट्रेलियाको राजधानी क्यानबेराको निधारित क्षेत्रहरुमा उपभोक्ताहरुलाई ड्रोनद्धारा विभिन्न घरेलु सामानहरु होम डेलिभरी गर्नेछ । यो सर्भिसद्धारा ड्रोनले अधिकतम १२५ किलोमिटर प्रतिघण्टाको गतिमा उडेर सामानहरु पुर्याउने छ ।

अल्फाबेटको सहायक कम्पनी विंगका सीईओ जेम्स र्यान बर्गेसले आफ्नो यो सर्भिसका लागि फुल सिक्योर्ड डिजाइनको १२ रोटर ड्रोनको प्रयोग हुने जानकारी दिनुभयो । यो सेवामा प्रयोग हुने ड्रोनको तौल ४.५ किलोग्राम छ भने यसले १.५ किलो तौलसम्मको सामानहरु उपभोक्ताहरुसम्म पुर्याउने छ ।

जमीनमा उपस्थित हुने अपरेटरले एकै समयमा एक भन्दा अधिक ड्रोनको उडानलाई नियन्त्रण र अनुगमन गर्न सक्नेछ । यस बाहेक यो ड्रोन आफैं स्वचातिरुपमा आफ्नो गन्तव्यसम्म पुग्न सक्षम रहेको छ ।

easy care

प्रकाशित: २ मंसिर २०७५, आईतवार