एनआईसी एशियाको दिपावली अफर, मोबाइल बैंकिग प्रयोग गरे रु.१०० बोनस

Technology Khabar १८ कार्तिक २०७५, आईतवार

एनआईसी एशियाको दिपावली अफर, मोबाइल बैंकिग प्रयोग गरे रु.१०० बोनस

काठमाडौं ।

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शुभ-दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं… भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नयाँ अफर सार्वजनिक गरेको छ ।

बैंकले यो योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिंग प्रयोग गरेमा १०० रुपैयाँको बोनस उपलब्ध गराउनेछ ।

भाइटिकाको उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको मो-बैंकबाट रकम ट्रान्सफर गर्दा १०० रुपैयाँ बराबरको बोनस रकम प्राप्त गर्नेछन् । बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहकहरूले पाउने छन् ।

साथै बैंकले आउँदै गरेको तिहारको अवसरमा ‘नछुटोस् छुट पाउने मौका’ भन्ने नाराका साथ सामान खरिदमा मोबाईल बैकिङ तथा क्युआर कोडबाट कारोबार गर्दा ५ प्रतिशत वा ५ सय रुपैयाँ सम्म छुट पाउने जनाएको छ ।

easy care

प्रकाशित: १८ कार्तिक २०७५, आईतवार

ताजा समाचार