एलाईड नेट लिंक टेक्नोलोजिजको अनुमतीपत्र खारेज, कम्पनीले ३२८ ग्राहकलाई दिने सेवा अब के होला ?

Technology Khabar १७ आश्विन २०७५, बुधबार

एलाईड नेट लिंक टेक्नोलोजिजको अनुमतीपत्र खारेज, कम्पनीले ३२८ ग्राहकलाई दिने सेवा अब के होला ?

काठमाडौं ।

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले एलाईड नेट लिंक टेक्नोलोजिज प्रालिको अनुमतीपत्र खारेज गरेको छ । कम्पनीले इन्टरनेट सेवाको अनुमतीपत्र नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेपछि प्राधिकरणले सार्वजनिक सूचना नै प्रकाशित गरेर कम्पनीको अनुमतीपत्र खारेज गरेको हो ।

दुरसंचार ऐन २०५३ को दफा २५ वमोजिम सो कम्पनीको अनुमतीपत्र स्वतः खारेज भएको हो । प्राधिकरणले समय समयमा अनुमतिपत्र नविकरणका लागि अनुरोध गरेपनि भनेवमोजिम अनुमतीपत्रको नविकरण नगरेकाले अनुमतीपत्र खारेज गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

साथै कम्पनीले आर्थिक बर्ष २०७४/७५ को नियमानुसार बुझाउनुपर्ने वित्तिय विवरण, रोयल्टी तथा ग्रामिण दूरसंचार विकास कोष (आरटिडीएफ)वापतको रकम पनि नवुझाएकाले सो रकम पनि बुझाउन पनि प्राधिकरणले निर्देशन दिएको छ ।

एलाईड नेट लिंक टेक्नोलोजिजसँग हाल ३२८ जना ग्राहकहरु रहेका छन् । प्राधिकरण २०७५ असार मसान्तसम्मको तथ्यांकअनुसार सो कम्पनीसँग १०० वायरलेस र २२८ केबलका ग्राहक रहेको देखिन्छ ।

ती सेवाग्राहीहरुको सेवाको अवस्था के हुन्छ भन्ने बारेमा भने सूचनामा कुनै जानकारी छैन् ।

easy care

प्रकाशित: १७ आश्विन २०७५, बुधबार