सिटिजन्सद्वारा काठमाडौँको चोभारमा एटिएम सञ्चालन

Technology Khabar ३० भाद्र २०७५, शनिबार

सिटिजन्सद्वारा काठमाडौँको चोभारमा एटिएम सञ्चालन

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं क्षेत्र नं १० का सभासद राजन के.सी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्लले एक समारोहका बीच संयुक्त रुपमा सो सेवाको सुरुवात गरेको बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ७९ वटा शाखा, ७३ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

easy care

प्रकाशित: ३० भाद्र २०७५, शनिबार

ताजा समाचार