एप्पलका यी आइफोन मोडलहरु अब तपाईँले एप्पल स्टोरमा किन्न पाउनुहुन्न

Technology Khabar २९ भाद्र २०७५, शुक्रबार

एप्पलका यी आइफोन मोडलहरु अब तपाईँले एप्पल स्टोरमा किन्न पाउनुहुन्न

काठमाडौं ।

काठमाडौं । एप्पलले सेप्टेम्बर १२ तारिखमा तीनवटा नयाँ आइफोनहरु सार्वजनिक गर्यो । कम्पनीले यो वर्ष आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आर सार्वजनिक गर्यो ।

हरेक वर्ष दुई मोडल मात्र ल्याएको कम्पनीले यो वर्ष भने तीन नयाँ आइफोन सार्वजनिक गर्यो तर यसका साथ साथै कम्पनीले केहि मोडलहरुको उत्पादन समेत बन्द गरेको छ ।

एप्पलले नयाँ के सार्वजनिक गर्दछ भन्ने रोचकताका साथै अबदेखि के बेच्दैन भन्ने बारेमा पनि उत्तिकै रुचीकर हुन्छ ।

यो वर्ष एप्पलले तीन तयाँ आइफोन लन्चका साथमा तीन पुराना आइफोन मोडलहरु उत्पादन नगर्ने र नबेच्ने घोषणा गरेको छ । कम्पनीले प्रत्येक वर्ष नयाँ फोन ल्याउँदा अघिल्लो वर्षको आइफोन मोडललाई त्यसको भन्दा तल्लो तहमा राखेर बिक्री गर्ने गर्दछ तर यो वर्ष भने त्यस्तो भएन् ।

कम्पनीले गत वर्ष मात्र सार्वजनिक गरेको आइफोन एक्स वा आइफोन टेन यो वर्षदेखि निरन्तरता रोकिएको छ अर्थात कम्पनीले यो फोन अबदेखि बिक्री गर्नेछैन् ।

एप्पलले आइफोन एक्सको बिक्रीबाट निकै ठूलो आम्दानी र सफलता हासिल गरेपनि कम्पनीले त्यसको मूल्य कटौती गर्नुको साटो फोन आधिकारिक बिक्री नगर्ने घोषणा गर्यो ।

त्यस्तै अर्को कटौती भएको उत्पादन हो आइफोन सिक्स एस (iPhone 6s)। यो वर्षदेखि यो आइफोन पनि कम्पनीले उत्पादन तथा बिक्री बन्द गर्नेछ भने अर्को फोन हो आइफोन एसई (iPhone SE)। यो निकै चर्चामा रहेको आइफोन हो । सानो डिस्प्ले मनपराउनेहरुका बिचमा आइफोन एसई लोकप्रिय छ । कम्पनीले यसलाई रिप्लेस गर्नेगरि नयाँ मोडल ल्याउने चर्चा रहेपनि हालसम्म आएको छैन् । यो आइफोन प्रयोग गर्न निकै सजिलो र यसका केहि फिचरहरु अझै महत्वपूर्ण रहेका छन् । तरपनि आइफोन एसईको उत्पादन कम्पनीले बन्द गर्ने घोषणा गरेको हो ।

सानो स्क्रीन भएको आइफोन चाहनेका लागि अब आइफोन सेभेन र आइफोन ८ मात्र विकल्प रहेको छ ।

यी आइफोनहरु कम्पनीले अमेरिकामा र अन्य मुलुकहरुमा पनि स्टक रहेसम्म मात्र बिक्री गर्नेछ र नयाँ उत्पादन गर्नेछैन् । नेपाल जस्तो मुलुकहरुमा भने आयातकर्ताहरुसँग पुरानो स्टक हुनसक्ने हुँदा उपलब्ध हुनसक्नेछ ।

कम्पनीले नयाँ आइफोनहरुको बिक्री बढाउन पनि यस्तो निर्णय गर्दै आएको छ ।

easy care

प्रकाशित: २९ भाद्र २०७५, शुक्रबार