मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Technology Khabar २९ भाद्र २०७५, शुक्रबार

मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं ।

काठमाडौँ । मेगा बैंक नेपाल र जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यो सम्झौतापछि मेगा बैंकका ग्राहकहरुले घर, गाडी, उद्योग व्यावसाय, स्टक लगायतका निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको भनाई छ । ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट जनरल इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: २९ भाद्र २०७५, शुक्रबार