हुन्डाईको गाडीमा चाडपर्व लक्षित फेस्टिभ डिलाइट योजना

Technology Khabar २२ भाद्र २०७५, शुक्रबार

हुन्डाईको गाडीमा चाडपर्व लक्षित फेस्टिभ डिलाइट योजना

काठमाडौं ।

काठमाडौं । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ, तिहार, छठलगायत चाडपर्व लक्षित गर्दै फेस्टिभ डिलाइट योजना ल्याएको छ।

भदौ २१ देखि कात्तिक २७ गतेसम्म लागू हुने यस योजनामा ग्राहकले आकर्षक नगद छुट तथा १ वर्षको निशुल्क बीमा पाउने कम्पनीले जनाएको छ।

त्यस्तै स्क्र्याच कुपनमार्फत थप १ लाखसम्म नगद छुट, लक्की ड्रमार्फत १ सय जनालाई १०–१० ग्राम सुन तथा बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत हुन्डाई आई ट्वान्टी एक्टिभ र हुन्डाई क्रेटा दिइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हुन्डाईका सबै गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ तथा निशुल्क सवारी कर भुक्तानीका सुविधा छ। लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार देशभर ११३ शोरुम तथा १५ सर्भिस सेन्टरहरुबाट ग्राहकले सेवा पाउँदै आएका छन्।

easy care

प्रकाशित: २२ भाद्र २०७५, शुक्रबार

ताजा समाचार