नबिल बैंकको भिसा कार्डमार्फत ईकमर्श कारोबार गरे २० प्रतिशत नगद फिर्ता पाईने

Technology Khabar १७ भाद्र २०७५, आईतवार

नबिल बैंकको भिसा कार्डमार्फत ईकमर्श कारोबार गरे २० प्रतिशत नगद फिर्ता पाईने

काठमाडौं ।

काठमाडौं । नबिल बैंकका भिसाकार्ड बाहक ग्राहकहरुले ईकमर्श साइटमा कार्डमार्फत कारोबार गर्दा २० प्रतिशत नगद फिर्ता पाउने भएका छन् ।

नबिल बैंकले संचालन गरिरहेको “नबिल भिसा कार्ड नगद फिर्ता योजना” नामक प्रवर्धनात्मक अभियानअन्तरगत नयाँ अफर संचालन गरेको हो ।

त्यसैगरि बैंकले भिसाकार्ड बाहकले पोस मेसिनमार्फत कारोबार गरेमा १० प्रतिशतसम्मको क्यासब्याक पाउने बैंकले जानकारी दिएको छ ।

यस्तो छ बैंकको नगद फिर्ता योजना

१. यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट/क्रेडिट/प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पोस (POS) मार्फत कार्डबाट प्रत्येक पटक सफल कारोबार गरे पश्चात कारोवार रकमको १० प्रतिशत वा अधिकतम रु.३०० फिर्ता पाउनेछन ।

२. यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट/क्रेडिट/प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका ईकमर्श साइट (e-commerce site) मार्फत कार्डबाट प्रत्येक पटक सफल कारोबार गरे पश्चात कारोवार रकमको २० प्रतिशत वा अधिकतम रु.६०० फिर्ता पाउनेछन ।

यो योजना मिति भदौ १६ गतेदेखि लागु भई १५ दिनसम्म अर्थात भदौ ३० गते सम्म रहने र उल्लिखित रकममा प्रचलित नियम बमोजिम आवश्यक कर कटिृ गरिने बैंकले जनाएको छ ।

‘यस योजनाले हाम्रा कार्डवाहक ग्राहकहरुलाई कार्ड मार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिनुका साथै उहांहरुलाई पोस तथा ईकमर्शको लागि कार्डको प्रयोग बढी भन्दा बढी गर्न र विद्युतिय कारोवारलाई सजिलो सँग प्रयोग गर्नको लागि प्रोत्साहन गर्नेछ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।

नबिल बैंक भिसा इन्टरनेशनल, मास्टरकार्ड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको नेपालमा रहेको एक प्रमुख अग्रणी सदस्य हो र यसले डेबिट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्ड जारी गर्नुका साथै एटिएम, पोइन्ट अफ सेल्स र इलेक्ट्रोनिक पेमेण्ट गेट वे नेटवर्क मार्फत कार्डको कारोवार गर्दै आएको जनाएको छ ।

easy care

प्रकाशित: १७ भाद्र २०७५, आईतवार