सामसङ नेपालको आधिकारिक सर्भिस सेन्टर गोंगबू स्थित बिजी मलमा

Technology Khabar ४ भाद्र २०७५, सोमबार

सामसङ नेपालको आधिकारिक सर्भिस सेन्टर गोंगबू स्थित बिजी मलमा

काठमाडौं ।

काठमाडौं । सामसङ नेपालले काठमाडौंको गोंगबू स्थित बिजी मलमा आफ्नो आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

बिजी मलमा अवस्थित नयाँ सर्भिस सेन्टरको उद्घाटन सामसङ ईण्डियाका उपाध्यक्ष वाई वि वन र आइ एम एसका प्रेशिडेन्ट दिपक मल्होत्राले गरे । विक्रीपछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो १४ औं आधिकारिक सर्भिस सेन्टर खोलेको जनाएको छ ।

यस अघि कम्पनीले काठमाडौं उपत्यका भित्र सुन्धारा, पाको, कमलादी र जावलाखेलमा तथा उपत्यका बाहिर पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल विर्तामोड र हेटौडामा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।

सामसङ सर्भिस प्रमुख राजन भट्टराईले सर्भिस् सेन्टरहरुले भरपर्दो एवं सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको तथा सर्भिस सेन्टरहरुबाट वारेन्टी भएका तथा नभएका दुबै किसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिने बताए ।

बिजीमलमा प्रारम्भ गरिएको यो सर्भिस सेन्टरबाट गोंगबू तथा आसपास क्षेत्रका ग्राहकहरुले लाभ लिन सक्ने सामसङले विश्वास लिएको छ ।

easy care

प्रकाशित: ४ भाद्र २०७५, सोमबार