आइएमई लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंक बीच बैंक अस्योरेन्स सम्झौता

Technology Khabar १ भाद्र २०७५, शुक्रबार

आइएमई लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंक बीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं ।

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंक बीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।

सो बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र ग्लोबल आइएमई बैंकका तर्फबाट कार्यकारी अधिकृत जनक शर्मा पौडेलले हस्ताक्षर गरे ।

बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले ग्लोबल आइएमई बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताईएको छ । आइएमई लाइफ इन्स्योरेन्सले हाल ५० स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

easy care

प्रकाशित: १ भाद्र २०७५, शुक्रबार