धुलिखेल नगरपालिकाको मोबाइल एप शुरु, नगरपालिकाको सेवाहरुको बारेमा जानकारी पाईने

Technology Khabar १८ श्रावण २०७५, शुक्रबार

धुलिखेल नगरपालिकाको मोबाइल एप शुरु, नगरपालिकाको सेवाहरुको बारेमा जानकारी पाईने
प्रतिकात्मक तस्विर

काठमाडौं ।

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले शुक्रबारदेखि मोबाइल एप्लिकेशनमार्फत सेवाहरुको बारेमा जानकारी दिन शुरु गरेको छ । देशभरिमा नै पहिलो पटक प्रयोगमा ल्याएको मोबाइल एप्लिकेशन धुलिखेल नगरपालिकाबाट शुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा मोबाइल एप्लिकेशन तयार गरी प्रयोगमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए।

यो स्थानीय तहका लागि बनाएको साझा मोबाइल एप्स हो । जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आयोजित सूचना प्रविधिसम्बन्धीको बृहत् गोष्ठी ‘डिजिटल नेपाल कन्फरेन्स’ को आयोजनासँगै शुभारम्भ गरेका हुन् ।

एन्ड्रोइड मोबाइलमा सञ्चालन हुने सो एप्लिकेशन प्रविधिको प्रयोग गर्न जान्नेका लागि नगरपालिकाले गरेका विभिन्न जानकारी र सेवामूलक सूचना आदानप्रदान गर्ने माध्यमका रुपमा प्रयोगमा ल्याएको बरालले बताए ।

एप्लिकेशनमार्फत जनप्रतिनिधि तथा कर्मचारीको सम्पर्क नम्बर, योजना तथा कार्यक्रम, दर्ता, गुनासा र सुझावलगायतका कामको लागि सूचना जानकारी गराउन सकिने सुविधा उपलब्ध गराएको छ । त्यसको अपनत्व र सुरक्षा नगरपालिकाले आफैँले लिन सक्ने गरी प्रयोगमा ल्याएको सो एप्समा आपत्कालीन अवस्थामा फोन गर्न आवश्यक नम्बर, पूर्वाधारको जानकारी, पर्यटकीय क्षेत्र, स्मारक र मठमन्दिरको जानकारी राखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बरालकाअनुसार विशेष गरी नयाँ पुस्ताका युवा सरकारी कामकाजमा त्यतिधेरै जानकारीमा नहुने र सरकारी पद्धति असाध्यै झन्झटिलो र बोझिलो महसुस गर्ने र पहुँचभन्दा बाहिर छन् भनेर बुझेको मानसिकता भएका कारण त्यसलाई तोड्नका लागि सो एप्लिकेशनले उपयुक्त हुने अपेक्षा लिएको छ ।

युवापुस्तालाई त्यसको भरपुर उपयोग गर्न नगरपालिकाको आग्रह गरेको छ । प्रविधिको उपयोग गर्न ज्ञानको कमीका कारण सबैले उपयोग गर्न नसकेपनि एक घर एक जनासम्मले भए पनि सो प्रविधिको प्रयोग गर्ने नगरपालिकाले अपेक्षा लिएको छ ।

easy care

प्रकाशित: १८ श्रावण २०७५, शुक्रबार