ह्याकरहरुले क्रिप्टोकरेन्सी स्टार्ट-अप ह्याक गरे, करोडौं डलर चोरी

Technology Khabar २७ असार २०७५, बुधबार

ह्याकरहरुले क्रिप्टोकरेन्सी स्टार्ट-अप ह्याक गरे, करोडौं डलर चोरी

काठमाडौं ।

काठमाडौं । ह्याकरहरुले करोडौं डलर क्रिप्टोकरेन्सी चोरी गरेका छन् । हालै क्रिप्टोकरेन्सी कन्भर्जन प्लेटफर्म ब्यानकोरलाई ह्याकरहरुले १३.५ मिलियन डलर चोरी गरेका छन् ।

यो साताको शुरुवातमा नै इजरायली स्टार्ट अपले उसको नेटवर्कमा ह्याक भएको जानकारी दिँदै उसको क्रिप्टोकरेन्सी वालेटबाट १३.५ मिलियन अमेरिकी डलर ईथरियम तथा १० लाख पण्डी एक्स टोकन चोरी गरेको बताएको छ ।

क्वाइनमार्केट क्यापको डाटानुसार पछिल्लो २४ घण्टामा पण्डी एक्स लगभल १५ प्रतिशत घटेको छ । सिक्योरिटीमा भएको ह्याकको जानकारी ब्यान्कोरले आफ्नो ट्विटर ह्याण्डलबाट जानकारी दिएको हो ।

कम्पनिले यो आक्रमणबाट यूजर्सको वालेटमा भने कुनै असर नपर्ने बताएको छ । क्याइनमार्कक्यापकाअनुसार बैंकरको डिजिटल मनी १६.६ प्रतिशत तल थियो । कम्पनीले आफ्नो १० लाख डलरको बिएनटी टोकन भने बचाउन सफल भएको बताएको छ ।

अहिले ब्यान्कोरको साइट डाउन छ भने त्यसमा मर्मत भईरहेको सूचना छ ।

एजेन्सी

easy care

प्रकाशित: २७ असार २०७५, बुधबार