अब स्वचालित रोबोटले पिज्जा बनाउने, साढे ४ मिनेटमा नै यसरी तयार हुन्छ पिज्जा

Technology Khabar १५ असार २०७५, शुक्रबार

अब स्वचालित रोबोटले पिज्जा बनाउने, साढे ४ मिनेटमा नै यसरी तयार हुन्छ पिज्जा

काठमाडौं ।

काठमाडौं । इटालीयन खानाको परिकार पिज्जा विश्वभरमा नै लोकप्रिय रहेको छ । पिज्जाको लोकप्रियतालाई ध्यानमा राखेर नै फ्रान्सको एउटा रेष्टुरेन्टले पिज्जा बनाउने रोबोटको निर्माण गरेको छ जहाँ मानिसले नभई रोबोटले नै पिज्जा तयार गर्दछ ।

फ्रेन्च स्टार्ट अप एकिम(Ekim) ले पिज्जाको व्यवसायलाई बिस्तार गर्न तीन हात भएको अटोनोमस पिज्जाओलो रोबोट (pizzaiolo robot) तयार पारेको छ ।

एकिमले आफ्नो कटिंग-एज पिज्जा मेकरले २४ घण्टा तथा सातै दिन संचालन हुने रेष्टुरेन्टमा हरेक ४ मिनेट ३० सेकेण्डमा एउटा ताजा पिज्जा तयार पार्न सक्ने अपेक्षा गरेको छ । यो रोबोटले हरेक ३० सेकेण्डमा एउटा पिज्जा डेलिभरी गर्न सक्ने क्षमता राख्दछ ।

यो रोबोटले पिठो मुछ्नेदेखि पिज्जालाई सजाउनेसम्मका सम्पूर्ण काम अटोमेटिक तरिकाले गर्न सक्दछ । जसमा एक हातमा टोमाटो सस राखिएको चम्चा समाउँछ भने अर्को हातबाट ओभनमा पिज्जा हाल्ने काम गर्दछ, तेस्रो हातले भने पिज्जालाई बक्समा राखेर काट्ने काम गर्दछ ।

यो रोबोटको प्रोग्रामिंग वास्तविक जिवनको पिज्जाओलोसको जस्तै बनाईएको छ भने यसका सबै हातहरु स्वतन्त्ररुपमा कार्य गर्न सक्दछन् ।

माध्यम

easy care

प्रकाशित: १५ असार २०७५, शुक्रबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार