देशभरका ८ हजार १७४ विद्यालयमात्र सूचना प्रविधिको पहुँच

Technology Khabar ११ असार २०७५, सोमबार

देशभरका ८ हजार १७४ विद्यालयमात्र सूचना प्रविधिको पहुँच

काठमाडौं ।

काठमाडौँ । देशभर रहेका ३५ हजार सामुदायिक विद्यालयमध्ये हालसम्म आठ हजार १७४ विद्यालयमात्र सूचना प्रविधिका लागि कम्प्युटर शिक्षाको पहुँच पुगेको छ।

सूचना प्रविधिको दिगो विकास लक्ष्यअन्तर्गत शिक्षा, स्वास्थ्य र सुशासनको लक्ष्य कसरी प्राप्त गर्ने भन्ने विषयमा सोमबार आयोजित छलफलमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले सो जानकारी दिँदै सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले उच्च प्राथमिकता दिएको बताए।

‘सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्यालय तहमा शिक्षण कार्य गराउन मन्त्रालयले उच्च प्राथमिता दिएको छ, शिक्षक एवं छात्रछात्रालाई सूचना प्रविधिको पहुँच बढाउन जरुरी छ,’ उनले भने ।

कम्प्युटर पुगेका विद्यालयमध्ये करीब ३५ प्रतिशतमा मात्र इन्टरनेट सेवा पुगेका छन् । सबै विद्यालयमा कम्प्युटर शिक्षाका साथमा इन्टरनेटको सेवा पुर्याउने नीति मन्त्रालयले लिएको छ । पूर्वाधार अभाव, स्रोतको अभावलगायतका कारणले कम्प्युटर पुगेका विद्यालयमा पनि इन्टरनेट सेवा पुग्न सकिरहेको छैन ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंहले हरेक स्वास्थ्य संस्थामा इन्टरनेट सेवा पु¥याउन मन्त्रालयले कार्य गरिरहेको र सूचना प्रविधिमार्फत चिकित्सा सेवा प्रदान भइरहेको बताए ।

सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सरकारी सेवाका सबै कर्मचारीले सरकारी इमेलमार्फत सूचना आदानप्रदान गर्न निर्देशिका बनाउँदै गरेको जानकारी दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ कार्यकारी निर्देशक आनन्दराज खनालले ग्रामीण दूरसञ्चार कोषको रकम दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा नै खर्च हुने व्यवस्था रहेको बताए। उनले पूर्वाधार विकासमा प्राधिरकणले ध्यान दिईरहेको भन्दै आगामी केहि वर्षमा देशभर पूर्वाधार निर्माण हुने बताए ।

प्राधिकरणका अध्यक्ष दिगम्बर झाले देशका सबै भूभागमा इन्टरनेटको सहज पहुँच पु¥याउन प्राधिकरणले ध्यान दिएको जानकारी दिए ।

easy care

प्रकाशित: ११ असार २०७५, सोमबार