शाओमीको ट्याबलेट ‘एमआई प्याड ४’ सार्वजनिक, फूलएचडी प्लस ८ इन्च डिस्प्ले

Technology Khabar ११ असार २०७५, सोमबार

शाओमीको ट्याबलेट ‘एमआई प्याड ४’ सार्वजनिक, फूलएचडी प्लस ८ इन्च डिस्प्ले

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले एमआई प्याड फोर (Mi Pad 4) सार्वजनिक गरेको छ । कम्पनीले नयाँ ट्याबलेट नयाँ स्मार्टफोन रेडमी ६ प्रोका साथमा चीनमा सार्वजनिक गरेको हो ।

एमआई प्याड ४ तीन भर्सनमा उपलब्ध हुनेछ जसमा एलटिई मोडलका साथै वाईफाई तथा वाईफाई प्लस मोडलमा उपलब्ध हुनेछ ।

शाओमीको एमआई प्याड फोरमा ८ इन्चको १६ः१० रेसियोसहितको डिस्प्ले रहेको छ । कम्पनीले यो ट्याबलेटमा फेस अनलक फीचर पनि राखेको छ ।

फोनमा स्न्यापड्रागन ६६० चीपसेट राखिएकोछ भने पावरको लागि ६,००० एमएएचको ब्याट्री प्याक छ ।

एमआई प्याड फोरमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । एन्ड्रोयड ८.१ भर्सनमा आधारित एमआईयूआई ९मा संचालन हुने फोनमा फोरजी भीओएलटिई, माइक्रोएसडी कार्ड, हेडफोन ज्याकलगायतका सुविधा छन् ।

चीनमा यो स्मार्टफोन जून २९ तारिखदेखि बिक्रीका लागि उपलब्ध हुनेछ ।

तीन मोडलमध्ये ३ जीबी ३२जीबी स्टोरेज मोडलको मूल्य १०९९ यूआन छ भने ४ जीबी ६४ जीबीको मूल्य १३९९ यूआन र तेस्रो भेरिएन्ट ४ जीबी ६४ जीबीको मूल्य १४९९ यूआन तोकिएको छ ।

चीनभन्दा बाहिरी बजारमा यो ट्याबलेट कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।

माध्यम

easy care

प्रकाशित: ११ असार २०७५, सोमबार