‘कोक खाम रसिया जाम’ अभियानको दोस्रो टोलि रसिया प्रस्थान

Technology Khabar १० असार २०७५, आईतवार

‘कोक खाम रसिया जाम’ अभियानको दोस्रो टोलि रसिया प्रस्थान

काठमाडौं ।

काठमाडौं । ‘कोक खाम रसिया जाम’ अभियानका विजेताहरूको दोस्रो समूह, फिफा विश्वकपका लागि रसिया प्रस्थान गरेका छन् ।

बालाजुस्थित बोटलर्स नेपाल लिमिटेडमा दोस्रो समूहका विजेताहरुको विदाई समारोह आईतवार आयोजना गरिएको हो । सो अभियानअन्तर्गत ४० भाग्यशाली बिजेताहरुलाई रसिया गई फिफा विश्व कप हेर्ने ऐतिहासिक अवसर प्रदान गरिएको छ ।

४० बिजेताहरुलाई २ टोलिमा विभाजन गरिएको थियो जसमध्ये २० जना बिजेताहरु १५ जुनमा रसिया पुगेर अर्जेन्टिना र आइसल्याण्डबीचको म्याच हेरेर फर्की सकेका छन् ।

२० जनाको दोस्रो समूह आज रसिया उडेको हो । बिजेताहरुले २६ जुनमा हुने अर्जेन्टिना र नाइजेरियाबीचको म्याच हेर्न पाउने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १० असार २०७५, आईतवार

ताजा समाचार

एनसीआईसीके भर्चुअल एक्स्पो, २०२४ सुरु

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार