हुवावेको नोभा थ्री ई नेपाली बजारमा, मूल्य ३५ हजार ९ सय रुपैयाँ

Technology Khabar १ जेष्ठ २०७५, मंगलवार

हुवावेको नोभा थ्री ई नेपाली बजारमा, मूल्य ३५ हजार ९ सय रुपैयाँ

काठमाडौं ।

काठमाडौं । दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको ह्वावेको नयाँस्मार्ट फोन नोभा थ्री ई Nova 3e नेपाली बजारमा भित्रिएको छ ।

अगाडि र पछाडि दुबै भाग मोटो र नफुट्ने सिसाले बनेको र स्क्रिनको चारैतिर पातलो बेजेलले घेरिएको नोभा थ्री इ हेरिरहुँ लाग्ने खालको छ । नेपाली बजारमा अहिले दुई रङका नोभा थ्री ई मात्रै उपलब्ध छन् – गाढा नीलो र निखर कालो । गुलाबी रङमा पनि यो स्मार्ट फोन चाँडै उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

फोटोका लागि १६ मेगा पिक्सेलको फ्रन्ट क्यामरा छ भने १६ प्लस २ मेगापिक्सेलको रियर क्यामरा रहेको छ । अल्ट्रा न्यारो नोचसहितको
५.८४ इञ्च ठूलो फूलभ्यू डिस्प्ले रहेको यो स्मार्ट फोनलाई २.५ कभ्र्ड ग्लासद्धारा सुरक्षित बनाईएको कम्पनीको भनाई छ ।

फोनमा ४ जीबी र्याम तथा ६२ जीबी स्टोरेज राखिएको छ भने फोनमा रियल टाइम फेस अनलक र फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।

स्मार्ट फोनमा ३,००० एमएएचको ब्याट्री प्याक रहेको छ एन्ड्रोयड ओरियो८.० भर्सनमा आधारित ईएमयूआई ८मा संचालन हुन्छ ।

कम्पनीले नोभा थ्री ई बजारमा ३५ हजार ९ सय रुपैयाँमा किन्न सकिने जनाएको छ ।

easy care

प्रकाशित: १ जेष्ठ २०७५, मंगलवार