आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटल बिच नगदरहित सेवा सम्झौता

Technology Khabar २१ बैशाख २०७५, शुक्रबार

आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटल बिच नगदरहित सेवा सम्झौता

काठमाडौं ।

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरे ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म स्टार हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुने जानकारी दिईयो ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक थापाले कम्पनीबाट औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सीमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्य महानुभावहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा दिने बताए ।

easy care

प्रकाशित: २१ बैशाख २०७५, शुक्रबार

ताजा समाचार