केएल दुगड समुहले ल्यायो ज्ञान चामलको पिठो

Technology Khabar २० बैशाख २०७५, बिहीबार

केएल दुगड समुहले ल्यायो ज्ञान चामलको पिठो

काठमाडौं ।

काठमाडौं । के एल दूगड समूहको ज्ञान ब्राण्डका नयाँ उत्पादनहरु चामलको पिठो नेपाली बजारमा ल्याएको छ ।

लोकप्रिय ब्राण्ड ज्ञान चामलको पिठो उत्पादक के एल दुगड ग्रुपले गहुँ, मकैको पिठोसमेत लामो समयदेखि नेपाली बजारमा उत्पादन गर्दै आएको छ ।

ज्ञान चामलको पिठो मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा ५ केजी र २ केजीको प्याकमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएकोछ ।

ज्ञान चामलको पिठो उत्कृष्ट कृषि फार्महरुबाट छानेर ल्याईएको धानलाई उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारिन्छ । खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाले यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरि उपभोगको लागि योग्य रहेको ठाहराएका छन् । ज्ञान चामलको पिठो प्रोटिनले भरिपुर्ण रहेको हुन्छ । यसमा न्यून फ्याट तथा सोडियम छ भने यो सलुटोन रहित हुन्छ । यसमा भएका पोषकतत्वहरु मुटुको लागि लाभदायक हुने कम्पनीको दाबी छ ।

ज्ञान चामलको पिठोको प्रयोगबाट उत्कृष्ट सेलरोटी, स्वादिष्ट नेपाली पुवा, चटामरी, योमरी, अनरसा, माडारोटी, ढिक्री, भक्का, इड्लीलगायतका बिभिन्न परिकार बनाउन सकिने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २० बैशाख २०७५, बिहीबार