सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको शेयर जारी गर्ने

Technology Khabar ९ बैशाख २०७५, आईतवार

सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको शेयर जारी गर्ने

काठमाडौं ।

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ।

प्रदीपजंग पाण्डेको अध्यक्षतामा सम्पन्न साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०६३र०६४ देखि २०७३र०७४ सम्मको वित्तीय विवरणहरू पारित गरेको छ।

यसैगरी, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव तथा जारी पूँजीको ३० प्रतिशतले हुने रकम अर्थात् ७५ करोडको शेयर सर्वसाधारणका लागि नियमनकारी निकायहरुको आवश्यक स्वीकृति लिई निस्काशन गर्ने निर्णय गरेको छ।

यसका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको संक्षिप्त व्यावसायिक समीक्षा एवं नेपालमै पहिलो पटक आफ्नै जीवनमा दुई गुणा बीमाङ्क तथा बोनस भुक्तानी हुने बाँचुञ्जेलको साथी, एउटै बीमा काफी भन्ने नाराका साथ जीवन सारथी बीमा योजना प्रचलनमा ल्याइएको र यस आर्थिक वर्षको अन्त्यसम्ममा आफ्नो व्यवसायिक सञ्जाल ४० स्थानमा पुर्याएर सर्वसाधारणको पहुँचमा जीवन बीमा सेवा पुर्याउने लक्ष्य लिएको कुरा सभामा जानकारी गराएका थिए ।

साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट ५ जना सञ्चालकहरू प्रदीपजंग पाण्डे, सुमितकुमार अग्रवाल, अनोज रिमाल, महेश स्वाँर र मनोज कार्की तथा स्वतन्त्र र व्यावसायिक सञ्चालकमा इन्द्रप्रसाद कर्माचार्यलार्इ नियुक्त गरेको छ।

यसैगरी, साधारणसभा लगतै बसेको नवनिर्वाचित सञ्चालक समितिको बैठकले सञ्चालक प्रदीपजंग पाण्डेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन गरेको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: ९ बैशाख २०७५, आईतवार

ताजा समाचार