सहयोगी विकास बैंकको मोबाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरू

Technology Khabar २९ चैत्र २०७४, बिहीबार

सहयोगी विकास बैंकको मोबाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरू

काठमाडौं ।

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरुवात गरेको छ । एक कार्यक्रमका बीच उक्त दुबै सेवाको उद्घाटन बैंकका अध्यक्ष उदय कान्त झा ‘जीवन’ ले गरे ।

सेवा सुरुवात गर्दै बैंकका अध्यक्ष झाले ग्राहकहरुको सेवामा कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकका ग्राहकहरुलाई आधुनिक र २१ औं शताव्दी समय सुहाउँदो सेवा प्रदानगर्ने उद्देश्य सहित सो सेवाको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ । बैंकको यो सेवाबाट ग्राहकहरु थप लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा विनय रिजाललाई नियुक्ती गरेसँगै बैंकले आफ्नो सेवालाई थप आधुनिक, सरल र प्रभावकारी बनाउदै लगेको छ । त्यसका लागि बैंकका कर्मचारीहरुलाई समेत समय सापेक्ष तालिमहरु दिंइदै आएको जानकारी दिएको छ ।

ग्राहकलाई सेवाबाट पूर्ण सन्तुष्टि प्रदानगर्ने बैंकको लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले बताए । निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतीका साथै २१औं शताब्दी समय सुहाउँदो सेवा, लगानीकर्तालाई उचित प्रतिफलमा बैंकले जोड दिंदै आएको प्रमुख कार्यकारी अधिकृत रिजालले बताए । यसै गरी बैंकले आगामी वर्षको नब आगमन सँगै एटिएम सेवा सुचारु गर्ने जानकारी दिए ।

जनकपुरमा मूख्य कार्यालय रहेको बैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले चाँडैनै ४ वटा शाखाविस्तार गर्न लागेको जानकारी दिएको छ ।

easy care

प्रकाशित: २९ चैत्र २०७४, बिहीबार

ताजा समाचार