युनाईटेड स्प्रिट्स् नेपाल प्रालि अब नेपाली युवा उद्यमीको पूर्ण स्वामित्वमा

Technology Khabar १४ चैत्र २०७४, बुधबार

युनाईटेड स्प्रिट्स् नेपाल प्रालि अब नेपाली युवा उद्यमीको पूर्ण स्वामित्वमा

काठमाडौं ।

काठमाडौं । भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेड अन्तर्गतको युनाईटेड स्प्रिट्स् नेपाल प्रालि नेपाली युवा उद्यमी राजेशवीर सिंह तुलाधारको पूर्ण स्वामित्वमा आएको छ ।

मोरङको टंकिसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न १७ ब्रान्डका मदिराको उत्पादन गर्दै आएको छ ।

उद्यमी तुलाधरको पूर्ण स्वामित्वमा आएसंगै कम्पनी नेपाल लिकर्स प्रालिको नामबाट सञ्चालन भइरहेको कम्पनीले जनाएको छ ।

युवा उद्यमी तुलाधर स्व. भक्तविर सिंह तुलाधरका छोरा हुन् । उनका बुवाले भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेडसंगको व्यवसायीक साझेदारको रुपमा ४० बर्षअघि सो व्यवसाय शुरु गरेका थिए ।

easy care

प्रकाशित: १४ चैत्र २०७४, बुधबार