कैलाश हेलिकप्टर सर्भिसेजद्धारा सेवा शुरु

Technology Khabar ११ चैत्र २०७४, आईतवार

कैलाश हेलिकप्टर सर्भिसेजद्धारा सेवा शुरु

काठमाडौं ।

काठमाडौं, ११ चैत । कैलाश हेलिकप्टर सर्भिसेज प्रा.लि.ले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट चैत ९ गते वायुयान संचालन अनुमति (एओसी) प्राप्त गरेको छ ।

कम्पनीले चैत १० गते शनिबारबाट व्यावसायिक रुपमा सेवा शुरु गरेको जानकारी दिएको छ । एयरबस कम्पनीको फ्रान्समा निर्मित नयाँ AS350 B3e हेलिकप्टर खरिद गरी नेपाल ल्याएको र सोबाट कम्पनीले सेवा सुरु गरेको हो । सो हेलिकप्टरले २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्छ ।

स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिने यस कैलाश हेलिकप्टर सर्भिसेज प्रालिको प्रवद्र्धकमा दुई दशकभन्दा लामो अनुभव रहेका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसहित बैंकर, उद्योगीलगायतको लगानी रहेको बताईएको छ ।

विरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने, कर्पोरेट फ्लाइट, ह्युमन/कार्गो स्लीङ अपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेशल एडभेञ्चर मिसन, फिल्मिङ, स्काइ डाइभिङ, प्राकृतिक प्रकोप उद्धारलगायतका क्षेत्रमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ११ चैत्र २०७४, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार