नेपाल टेलिकमको ‘फ्रिडम प्याक’ लिँदा अनलिमिटेड कुराकानी र डाटा चलाउन सकिने

Technology Khabar ७ फाल्गुन २०७४, सोमबार

नेपाल टेलिकमको ‘फ्रिडम प्याक’ लिँदा अनलिमिटेड कुराकानी र डाटा चलाउन सकिने
फाइल

काठमाडौं ।

काठमाडौं, ७ फागुन । प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्न सक्ने छन् ।

जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरे पछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन् । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ ।

सो प्याक फागुन ६ गतेदेखि फागुन ८ गतेसम्म खरिद गर्न सकिने छ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिए पछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने छ । तर एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने छ ।

फ्रिडम प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415*8# डायल गर्न वा FDPACK लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । त्यसैगरी सीडीएमए मोबाइलबाट FDPACK लेखेर १४१५ मा एसएमएस गर्न सकिने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ७ फाल्गुन २०७४, सोमबार

ताजा समाचार