ओपो एसियाली बजारमा पहिलो स्थानमा, १५ प्रतिशत बजार हिस्सा

Technology Khabar २६ पुष २०७४, बुधबार

ओपो एसियाली बजारमा पहिलो स्थानमा, १५ प्रतिशत बजार हिस्सा

काठमाडौं ।

काठमाडौं, २६ पुस । स्मार्टफोन ब्राण्ड ओपोले (Oppo) एसियाली बजारमा १५ प्रतिशत बजार हिस्सा ओगट्दै शीर्ष स्थान हात पार्न सफल भएको छ ।

ओपोले भिभो, शाओमी, सामसुङ र हुआवेलगायत स्मार्टफोन निर्मातालाई पछि पार्दै अग्रणी स्थान हात पार्न सफल भएको रिचर्स फर्म काउण्टरपोइन्टले उल्लेख गरेको छ ।

काउण्टरपोइन्टको रिपोर्टअनुसार ओपोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सासहित भिभो दोस्रो स्थानमा रहेको छ भने, १२ प्रतिशत बजार हिस्सासहित शाओमी र सामसुङ तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी, ११ प्रतिशत बजार हिस्सा सहित ह्वावे चौथौँ स्थानमा रहेको छ ।

‘एसिया हाम्रो लागि एक प्रमुख बजारका रुपमा रहँदै आएको छ । हामीले यहाँका उपभोक्ताको माग तथा आवश्यकताको आफ्ना उत्पादनका माध्यमबाट सम्बोधन गर्न सफल भएको हाम्रो विश्वास छ,’ एक विज्ञप्ति जारी गर्दै ओपोले भनेको छ, ‘ढुवानीका आधारमा उत्कृष्ट ३ ब्राण्ड भित्र पर्न सफल हुनु हाम्रालागि वास्तवमै गौरवको विषय हो । समय सापेक्ष रुपमा उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै बहु उपयोगी उत्पादनहरु उपलब्ध गराउदै लैजानु हाम्रो प्रमुख प्राथमिकता हुनेछ ।’

उपभोक्तालाई अझ सुदृढ तथा विशेष अनुभव प्रदान गर्ने सोचका साथ ओपोले एसियाका अधिकांश भागमा आफ्नो विक्रि तथा सेवा केन्द्रको सञ्जाल ब्यापक रुपमा विस्तार गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

मनोरञ्जन, खेल, सामाजिक सञ्जाल लगायत माध्यमबाट यूवावर्ग लक्षित सफल मार्केटिङ क्याम्पेन सञ्चालनले पनि यसमा उल्लेख्य भुमिका निर्वाह गरेको कम्पनीको दाबी छ ।

easy care

प्रकाशित: २६ पुष २०७४, बुधबार

ताजा समाचार