अपरिचित नम्बरको फोन कल नउठाउन दुरसञ्चार प्राधिकरणको अनुरोध

Technology Khabar ३ मंसिर २०७४, आईतवार

अपरिचित नम्बरको फोन कल नउठाउन दुरसञ्चार प्राधिकरणको अनुरोध

काठमाडौं ।

काठमाडौं, ३ मंसिर । नेपाल दुरसञ्चार प्राधिकरणले अपरिचित नम्बरबाट आउने फोन कल नउठाउन सर्वसाधारणलार्इ जानकारी गराएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना नै निकालेर अपरिचित नम्बरबाट आउने फोन कल नउठाउन अनुरोध गरेको छ।

नेपालका मोवाइल प्रयोगकर्ताको नम्बरमा ‌ओभर द टप (Over The Top) सेवा प्रयोग गरी अननन्, नो कलर आईडी, ०१२३४५६, १२३४५६ र ८८८८८८८८८८ जस्ता अपरिचित नम्बरबाट धम्की दिने, फिरौती माग्ने जस्ता फोन कल आइरहेकाले सरोकारबालाहरुको ध्यानाकर्षण भएको उल्लेख गरेको छ । यस्ता फोनकलहरुकाे बारेमा सुरक्षा निकायबाट अनुसन्धान शुरु गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले त्यस्ता फोनहरु नउठाउन सबैलार्इ सचेत गराएको छ ।

easy care

प्रकाशित: ३ मंसिर २०७४, आईतवार