ओपोद्वारा पुरुष एम्बेसेडरमा सिद्धार्थ मल्होत्रा चयन

Technology Khabar १६ कार्तिक २०७४, बिहीबार

ओपोद्वारा पुरुष एम्बेसेडरमा सिद्धार्थ मल्होत्रा चयन

काठमाडौं ।

काठमाडौं, कात्तिक १५ । ओपोले भारतिय अभिनेता तथा पूर्व मोडल सिद्धार्थ मल्होत्रालाई आफ्नो नयाँ पुरुष एम्बेसेडरका रुपमा घोषणा गरेको छ ।

ओपोले लामो समयदेखि चिरपरिचित भारतिय अभिनेत्री तथा चलचित्रकी सुपर स्टार दिपिका पादुकोणसंग महिला एम्बेसेडरका रुपमा सहकार्य गरिरहेको जनाएको छ ।

हाल ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्सपर्ट एण्ड लिडर ओपो एफ फाइभ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ओपो एफ फाइभ यही नोभेम्बर महिनाको मध्यतिर सार्वजनिक हुने अनुमान गरिएको छ । नयाँ फोनका साथै कम्पनीले आफ्नो ट्याग लाइन ‘ओपो क्यामेरा फोन’ बाट ‘ओपो सेल्फी एक्स्पर्ट एण्ड लिडर’का रुपमा स्थापित गर्दैछ ।

सार्वजनिक हुने तयारीमा रहेको ओपो एफ फाइभको प्रमोशनका लागि कम्पनीले आफ्ना फेसबुक, ट्विटर, ईन्स्टाग्राम लगायत सामाजिक सञ्जालको माध्यमबाट विभिन्न क्याम्पेनको समेत आयोजना गरिरहेको छ ।

यही क्रममा केही दिन अघि कम्पनीले आफ्ना फ्यान्ससंग अन्तरक्रिया बढाउने सोचका साथ सामाजिक सञ्जालमा ‘गेस दि एम्बेसेडर’ क्याम्पेन सञ्चालन गरेको थियो ।

यही क्रममा कात्तिक १२ गते पुरुष एम्बेसेडरको घोषणाका लागि भिडियो पोष्ट गरी सिद्धार्थ मल्होत्रालाई पुरुष ब्राण्ड एम्बेसेडरका रुपमा घोषणा गरेको हो । कम्पनीले आफुद्वारा सञ्चालित ‘गेस दि एम्बेसेडर’ क्याम्पेनका विजेताको रुपमा प्रविना श्रेष्ठको छनोट समेत गरेको जनाएको छ ।

easy care

प्रकाशित: १६ कार्तिक २०७४, बिहीबार