ओप्पोद्वारा सेल्फी केन्द्रित नयाँ फोन ‘ए ७१’ ल्याउँदै

Technology Khabar २९ भाद्र २०७४, बिहीबार

ओप्पोद्वारा सेल्फी केन्द्रित नयाँ फोन ‘ए ७१’ ल्याउँदै

काठमाडौं ।

काठमाडौं, २९ भदौ । ओप्पोले नेपाली उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै नयाँ क्यामेरा फोन ओप्पो ए७१ सार्वजनिक गर्ने घोषणा गरेको छ ।

सार्वजनिक गर्ने तयारीमा रहेको ए७१मा अक्टा–कोर सीपीयू र ३ जीबी र्याम तथा ३ हजार एमएएच ब्याट्री उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

अक्टा कोर प्रोसेसर राखिएको ए७१ले प्रयोगकर्तालाई सहज फोन परिचालनको अनुभुति प्रदान गर्नुका साथै यसको फ्रण्ट क्यामेरामा ओप्पोको विशेष ब्यूटिफाई ४.० फोटोग्राफी प्रविधिपनि उपलब्ध हुने बताईएको छ ।

कम्पनीका अनुसार ए७१मा स्लिम मेटालिक यूनी बडी डिजाइनको प्रयोग गरिएको छ । यसले फोनलाई पृथक र आकर्षक देखाउनुका साथै प्रिमियम लुक्सपनि प्रदान गरेको छ ।

कम्पनीले नयाँ फोन सेप्टेम्बर १८मा सार्वजनिक गर्ने र देशभरका विक्रि केन्द्रमार्फत फोन उपलब्ध हुने जानकारी दिएको छ ।

‘हामी नेपाली उपभोक्ताका लागि अत्याधुनिक सेल्फी प्रविधि र आकर्षक डिजाइन सहितको नयाँ फोन ए७१ सार्वजनिक गर्दैछौँ,’ ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ।

ओप्पो ए७१ले प्रयोगकर्तालाई मल्टिटास्किङका साथै आवश्यकता अनुसार तिब्रताका साथ एप्स विच स्विच गर्नमा समेत सहज अनुभुति प्रदान गर्नेछ । यसले गर्दा तस्विर खिच्न, भिडियो हेर्न तथा गेम्स खेल्ने लगायत कार्य झञ्झट रहित बनाउन सहयोग पुग्ने कम्पनीले जानकारी दियो ।

ओप्पोको नयाँ फोनले आफ्ना पुराना मोडलले झैँ मोबाइल फोटोग्राफी क्षेत्रकै गेम चेन्जरका रुपमा रहँदै आएको ‘सेल्फी’ तथा ‘ग्रुफी’ प्रविधिलाई थप अगाडी बढाउँदै उपभोक्तालाई पृथक फोटोग्राफिङ अरिथमेटिक मार्फत विस्तृत तथा प्राकृतिक सेल्फी लिन सघाउने कम्पनीको दावी छ ।

easy care

प्रकाशित: २९ भाद्र २०७४, बिहीबार