ग्रीनलाइन प्लानेट र हिम इलेक्ट्रोनिक्स बीच सौर्य उर्जा प्रणाली बितरण गर्न रणनीतिक सहकार्य

Technology Khabar २० भाद्र २०७४, मंगलवार

ग्रीनलाइन प्लानेट र हिम इलेक्ट्रोनिक्स बीच सौर्य उर्जा प्रणाली बितरण गर्न रणनीतिक सहकार्य

काठमाडौं ।

काठमाडौं, २० भदौ । विश्वको सबैभन्दा ठूलो मध्येको एक सौर्य सामाग्री उत्पादक कम्पनी ग्रीनलाइन प्लानेट र हिम इलेक्ट्रोनिक्सबीच सहकार्य गर्ने घोषणा भएको छ ।

दुबै कम्पनीहरुको सहकार्यमा बितरण च्यानल र सर्भिस सेन्टरसहित नेपालका १ करोड ६५ लाख विद्युत नपुगेका जनसंख्यासम्म सौर्य प्रणाली पुर्याउने आज आयोजित पत्रकार सम्मेलनमा दिईयो । दुबै कम्पनीहरु उपभोक्ताहरुसम्म उच्च गुणस्तरीय, सुपथ सामाग्रीहरु पुर्याउने आफ्ना समान लक्ष्यका साथ आपसमा जुटेका हुन् ।

यो सहकार्यद्धारा नेपालको केन्द्रिय, पूर्वी र पश्चिम क्षेत्रमा ६५०० भन्दा बढि उत्पादनहरु बिक्री गरिसकेको सफल अनुभव देखाएको छ । ग्रामीण जनसंख्याका किसानहरु, आमाहरुले संचालन गरेका पसल तथा साना पसलहरु, मोबाइल पसलहरु, कुखुरा पालन केन्द्र, तरकारी तथा फलफुल बिक्रेता, जसको आम्दानी दैनिक ४ देखि ५ डलरसम्म रहेकोछ, जसलाई भरपर्दो, सुपथ सौर्य उत्पादनहरु उनीहरुको दैनिक उर्जाको आवश्यकताका लागि चाहिएको छ ।

ग्रीनलाइन प्लानेटका ग्लोबल पार्टनरसिप म्यानेजर सनौल्लाह फाथीले उदाहरण दिँदै २ वर्षको वारेन्टिका साथमा सन किङ्ग लाइट ४५ घण्टासम्म निरन्तर कार्य गर्न सक्ने बताए ।

आगामी महिनाहरुमा यो सहकार्य विद्युत नपुगेका पूर्वी र पश्चिम नेपालका हिमाली क्षेत्रहरुमा बिस्तारीत हुँदै जाने अपेक्षा गरिएको छ ।

ग्रीनलाइन प्लानेटले आर्क फाइनान्स, सेन्टर फर माइक्रोफाइनान्स नेपाल, यूएनसिडीएफ र साना किसान बैंक जस्ता किसान सहकारीहरुसँगको सहकार्यमा यसलाई अगाडि बढाउने योजना लिएको छ, जसले स्वच्छ उर्जासम्मको पहुँचलाई बिस्तार गरेर इकोसिस्टम निर्माण गर्न मद्धत गर्दछ ।

यो सहकार्यको घोषणाले दुबै कम्पनीहरु ग्रीनलाइन प्लानेट र हिम इलेक्ट्रोनिक्स दुबैको लागि महत्वपूर्ण कदमको रुपमा रहेकोछ, जसले सन किङ्ग उत्पादनहरु पहुँच नभएका जनसंख्यासम्म पुर्याउन सकिने बताईएको छ ।

ग्रीनलाइट प्लानेटसँग ५० भन्दा बढि देशहरुमा विद्युत नपुगेका बजारहरुमा सौर्य प्रणाली बिक्री गरेको तथा आविश्कारीक सहकार्य मोडलहरु पुर्याएको अनुभव रहेको जानकारी समेत दिईयो ।

easy care

प्रकाशित: २० भाद्र २०७४, मंगलवार