बिजी मलमा मोबाइल एक्सपोको अवधि १ साता थपियो, मोबाइल खरिदमा २ वटा मुभि टिकट पार्इने

Technology Khabar १६ असार २०७४, शुक्रबार

बिजी मलमा मोबाइल एक्सपोको अवधि १ साता थपियो, मोबाइल खरिदमा २ वटा मुभि टिकट पार्इने

काठमाडौं ।

काठमाडौं, १६ असार । गोगंबुस्थित बिजी मलमा जारी सामसुङ मोबाइल एक्स्पोको अवधि एक साता थप गरिएको छ । एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य उपस्थिती भएपछि मलले एक्स्पो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

मलका अनुसार एक्स्पोअवधिभर जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुई वटा टिकट सित्तैमा उपलब्ध गराइने छ ।

असार ७ गतेबाट संचालनमा आएको एक्स्पोमा अवलोकनर्ताहरुको सहभागिता बढेपछि मलले नयाँ योजना सार्वजनिक गर्दै मोवाइलको खरिदमा अनिवार्य रुपमा बिएसआचर मुभिजको टिकट उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

एक्स्पोमा अवलोकनकर्ताहरुको उल्लेखीय सहभागीता बढेपछि नयाँ अफरका साथै मेला अवधि बढाइएको एक्स्पोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।

एक्स्पोमा न्युनतम १ हजार रुपैयाँदेखि ९९ हजार रुपैयाँसम्मका मोबाइलहरु बिक्रीका लागि राखिएका छन् ।

एक्स्पोमा बिहीबारसम्म २५ हजार बढीले अवलोकन गरेका छन् भने पौने दुई करोड रुपैयाँ बढीको कारोबार भएको जनाएको छ ।

मोवाइल एक्स्पो अवधिभर ग्राहकहरुले बिजी मलका सबै फेन्सी पसलहरुबाट २५ प्रतिशत छुट पाउने छन् । त्यस्तै प्रत्येक दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँच जनाले सेल्फी स्टीक पाउने पनि एक्स्पो संयोजक तिमिल्सनाले जानकारी दिए ।

easy care

प्रकाशित: १६ असार २०७४, शुक्रबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार